काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराईसहित गोरखा पुगेका हुन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका छन्।
नेकपा माओवाादी पार्टीसँग सहकार्य गरेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ट्विट गर्दै गोरखा गएको जानकारी दिएका छन्।
उनले भनेका छन्, ‘गोरखा २ बाट क. प्रचण्डको उम्मेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागिय। उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा।’
अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। उनी सत्ता गठबन्धनका नेताहरुलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।