काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकट पाउनबाट बञ्चित भएका छन्। पाँच वर्षको कार्यावधि पूरै मुख्यमन्त्री बनेका भट्ट यसपटक भने टिकट पाउनबाट बञ्चित भएका हुन्।
प्रतिनिधि सभामा चुनाव लड्ने मनसाय बोकेका भट्टले उक्त क्षेत्रमा एकीकृत समाजवादीको भाग परेपछि भट्टले टिकट पाउन सकेनन्। एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीको भागमा परेको छ।
प्रतिनिधि सभा सदस्यका लागि डोटीबाट पूर्व मन्त्री एवं समाजवादी पार्टीका नेता प्रेम आले निर्वाचन लड्दैछन्। प्रदेश सभा २ माओवादी केन्द्रको भागमा परेको थियो।
जसमा मुख्यमन्त्री भट्टका स्वकिय सचिव रहेका शिवसिंह ओलीले टिकट पाएका छन्। यसअघि डोटीबाट प्रतिनिधि सभा सदस्यको कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर दाबी गर्दै आएका थिए। बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।