काठमाडौं– नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ।
रोल्पाबाट जनप्रतिनिधि हुँदै आएकी घर्तिलाई यसपटक काठमाडौंबाट उठाउन लागिएको हो। सत्ता गठबन्धनको भागबण्डामा उक्त क्षेत्र माओवादीको भागमा परेको थियो।
त्यस्तै दाङको क्षेत्र नम्बर २ मा रेखा शर्माले टिकट पाएकी छन्। कृष्णबहादुर महरा उठ्ने भनिए पनि उक्त क्षेत्रमा उनले अनिच्छा देखाएपछि शर्मालाई उठाउन लागिएको हो।
नेकपा एमालेका महासचिव शंखर पोखरेलको क्षेत्रमा शर्मालाई प्रतिस्पर्धीको रुपमा सत्ता गठबन्धनले अघि सारेको हो। दाङको ३ क्षेत्रमध्ये १ मा एकीकृत समाजवादी, २ मा माओवादी २ र ३ मा नेपाली कांग्रेसका उम्मेदवार छन्। क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दीपक गिरि उम्मेदवार बन्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।