काठमाडौं- विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डेले काठमाडौं-९ बाट उम्मेदवारी दिने भएका छन्। ‘विवेकशील अभियान’ भन्दै साझा पार्टी, नेपालको चुनाव चिह्न पाइलाबाट उनी उम्मेदवार बन्नेछन्।
आइतबार बिहान उनले उम्मेदवारी घोषणा गरेका हुन्। घोषणा गर्दै उनले भनेका छन्, ‘अब संसद्बाटै शिक्षा, स्वास्थ्य, युवा रोजगारीका निम्ति आवाज उठाउन चाहन्छु। आज काठमाडौं ९ मा उम्मेदवारी दिँदै छु।’
आफू यही क्षेत्रमा जन्मिएको र हुर्किएकाले उक्त क्षेत्र रोजेको उनले बताएका छन्। अघिल्लोपल्ट उनले यही क्षेत्रमा करिब ५ हजार मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।