काठमाडौं– प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि पूर्णरुपमा उम्मेदवार छनोट गर्न सकेको छैन।
आइतबार बिहान १० बजेदेखि उम्मेदवारी मनोयनको कार्यक्रम छ। तर, कांग्रेस नेताहरु अझैं पनि बालुवाटारमा बैठक बसिरहेका छन्।
कांग्रेस नेताहरुका अनुसार आइतबार बिहानसम्म पनि १२ ओटा क्षेत्रमा पार्टीले उम्मेदवार चयन गर्न सकेको छैन। जसका लागि बिहानै देखि बालुवाटारमा पार्टीका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
शनिबार अबेर रातिसम्म पनि कांग्रेस नेताहरुको बैठक बसको थियो। उक्त बैठकले अधिकांश क्षेत्रका उम्मेदवार छनोट गरेको थियो।
सत्तागठबन्धनमा सिट बाँडफाँठ गरेर कांग्रेसले ८४ सिटमा उम्मेदवारी दिँदै छन् भने केही क्षेत्रमा मित्रगत प्रतिस्पर्धाको नाममा पनि कांग्रेसले उम्मेदवारी दिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।