काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा एवं प्रदेश सभातर्फका थारु प्रभाव क्षेत्रमा उम्मेदवारी दिने भएको छ। कैलाली, कञ्चनपुर, बर्दिया र दाङमा उम्मेदवारी दिने तयारी गरेको छ।
दाङबाहेक अन्य जिल्लामा उम्मेदवार समेत तय गरिसकेको छ। पार्टीले कैलाली-१ रेशम चौधरी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सारेको छ। उक्त क्षेत्रको प्रदेशतर्फ (क)मा लक्ष्मण जोगेठ्वा र (ख)मा कैलाश चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कैलाली-२ मा प्रतिनिधि सभातर्फ अरुण चौधरीले टिकट पाएका छन्। प्रदेशसभा (क)मा एमालेबाट प्रवेश गरेका रतन थापा र (ख)मा रामेश्वर चौधरी उम्मेदवार बन्नेछन्।
कैलाली- ३ मा संघतर्फ गंगा डंगौरा उम्मेदवार भएकी छिन्। प्रदेश सभा (क)मा खुसीराम चौधरीले टिकट पाएका छन् भने खुसीराम चौधरी भिमसेन उम्मेदवार छन्।
कैलाली-४ को संघतर्फ कैंया चौधरीले उम्मेदवारी दिँदैछन् भने ४(क)मा राजेन्द्र देवकोटा र ४(ख)मा कमलराज भट्टले टिकट पाएका छन्। कैलाली- ५ मा संघतर्फ लक्ष्मण थारु उम्मेदवार छन् भने (क)मा श्रीराम थारु र ५(ख)मा गोठुराम थारुले टिकट पाएका छन्।
कञ्चनपुरको-१ मा संघतर्फ नन्दकुमार रानाले उम्मेदवारी दिनेछन् भने कमा नेत्रलाल चौधरी र (ख)मा पल्टु चौधरीले टिकट पाएका छन्। कञ्चनपुर- २ मा डा. फूलाराम चौधरीले उम्मेदवारी दिनेछन् भने (क)मा पिताम्बर चौधरी र (ख)मा सञ्जित चौधरी उम्मेदवार बन्दैछन्।
कञ्चनपुर-३ मा प्रतिनिधि सभामा मुन्नी चौधरीले उम्मेदवारी दिँदैछन्। बर्दिया-१ बाट ठाकुरसिंह थारु प्रतिनिधि सभामा उम्मेदवार बन्नेछन् भने (क)मा खेमबहादुर थारु र (ख)मा श्यामु चौधरीले टिकट पाएका छन्।
बर्दिया- २ मा पार्टी संरक्षकसमेत रहेका रेशम चौधरीले संघतर्फ उम्मेदवारी दिनेछन् भने (क)मा दर्पण कुसुम्या (परदेशी) र (ख)मा धर्म चौधरीले टिकट पाएका छन्।
पार्टीले दाङमासमेत उम्मेदवारी दिने बताइएको छ। तर, उम्मेदवारका विषयमा भने छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।