काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं- ४ बाटै उम्मेदवार बन्ने भएका छन्। सर्लाही- ४ बाटसमेत सर्वसम्मत सिफारिस भएका उनले पुरानै निर्वाचन क्षेत्रबाट दोहोरिने स्पष्ट पारेका हुन्।
थापाको सचिवालयका अनुसार सर्लाही-४ का कांग्रेस नेता कार्यकर्ताले भने उक्त क्षेत्रमा थापालाई लिएरै छाड्ने भन्दै बालुवाटारमा दबाब दिएका छन्। महामन्त्री थापा उक्त क्षेत्रको विकासका लागि आवश्यक परेको भन्दै दबाब दिइरहेका छन्।
उक्त विषयमा स्पष्ट पार्दै थापाको सचिवालयका एक सदस्य सविन मुडभरीले भने, ‘धेरैले सोध्नुभयो महामन्त्री गगन थापा ज्यू कहाँबाट चुनाव लड्ने? आफ्नो ठाँउ काठमाडौं क्षेत्र- ४ हो। त्यहीँबाट हो चुनाव लड्ने हो। यो ठाँउ छोडेर अन्त जाने कुरा सोच्नुभएको छैन।’
सचिवालयले हल्लाको पछि नलाग्नसमेत आग्रह गरेको छ। सर्लाही- ४ का नेता कार्यकर्ताको भावनालाई सम्मान गर्दै काठमाडौं- ४ नछाड्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।