काठमाडौं– आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबार बिहान सञ्चारकर्मीमाझ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यद्यपि स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने बताएका छन्।
उनले आफू वाम लोकतान्त्रिक उम्मेदवार भएको दाबीसमेत गरेका छन्। रुपन्देही १ मा माओवादीको भाग परेको थियो।
माओवादीले आफ्नो चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि आफूले अहिले स्वतन्त्रकै रुपमा निर्वाचन लड्ने जानकारी गराएको बताएका छन्।
गठबन्धनको सहयोगमा उम्मेदवारी घोषणा गरेका भुसालले एमाले जड पार्टीका रुपमा विकसित हुँदै गएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।