काठमाडौं- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति गरेका थिए।
सोही अनुसार, नेपाल समाजवादी पार्टीका केही नेताहरु माओवादीको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’बाट प्रतिस्पर्धामा उत्रिँदैछन्।
त्यस्तै, यी दुवै पार्टीले साझा समानुपातिक सूची पनि बुझाएका थिए। त्यसका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए। साझा बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका चार जना नेताहरु परेका छन्।
नेपाल समाजवादी पार्टीकी दुर्गादेवी भट्टराई खस आर्य (महिला) को दशौं नम्बरमा छिन्। त्यसैगरी, ईश्वर रिजाल खस आर्य (पुरुष)को आठौं नम्बरमा, उमरावती देवी यादव मधेसी (महिला)को दोस्रो नम्बरमा र दुर्गा सोव दलित (महिला)को पाँचौं नम्बरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।