काठमाडौं- प्रमुख सत्ता घटक नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
टिकटको टुंगो लगाउन उनीहरू छलफलमा जुटेका हुन्। कांग्रेस पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार दिनभर गठबन्धन र लोसपासँगको छलफलमा व्यस्त भएपछि कांग्रेस नेताहरूको बैठक अहिले बसेको हो।
बैठकमा कांग्रेसले प्रतिनिधि सभातर्फ पाउने ८४ सिटको उम्मेदवार चयनबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए। कांग्रेसभित्र धेरै क्षेत्रको टिकट कसलाई दिने भन्नेबारे सहमति भइसकेको छ।
आइतबार उम्मेदवार मनोनयनको समय भएकाले शनिबार रातभर सबै क्षेत्रको टुंग्याउनैपर्ने दबाबमा कांग्रेस छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।