काठमाडौं- सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति जुटेको छ।
जसअनुसार लोसपाले प्रतिनिधि सभातर्फ ८ र प्रदेश सभातर्फ १६ सिट पाउने भएको छ।
लोसपा नेता लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनले दिएको प्रतिनिधि र प्रदेश सभाका सबै सिट मधेश प्रदेशकै हुन्।
बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने कर्णले बताए। जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।