काठमाडौं- बाढी, पहिरो तथा यातायात अवरोधका कारण उम्मेदवारी दर्ता गराउन असहज हुने उम्मेदवारका लागि निर्वाचन आयोगले सहजीकरण गरिदिने भएको छ।
मनोनयन दर्ता गर्ने समय लम्ब्याउने दबाब परेकf बेला आयोगले यस्तो निर्णय लिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान १० बजेभित्र कागजात आयोगलाई उपललब्ध गराएमा उक्त सेवा दिइनेछ।
आयोगको निर्णय सार्वजनिक गर्दै थपलियाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेको भए भोलि असोज २३ गते बिहान १० बजेभित्र निर्वाचन आयोगमा उक्त कागजात उपलब्ध गराएमा आयोगले आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।