काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची तयार पारेको छ।
आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवार रहेको जानकारी दिए।
त्यस्तै, प्रदेश १ मा ३६ वटा दलका ६६१ जना, मधेश प्रदेशमा ३६ दलका ९४८ उम्मेदवार रहेको पनि थपलियाले बताए।
त्यस्तै, बागमती प्रदेशमा ४१ वटा दलका ८२५ जना, गण्डकी प्रदेशमा ३१ दल ३६८, लुम्बिनी प्रदेशमा ३२ दलका ६५७, कर्णली प्रदेशमा २८ दलका २२२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ जनाको उम्मेदवारी रहेको थपलियाले बताए।
प्रतिनिधि सभा र प्रदेश सभातर्फ कूल ६ हजार ४९३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।