काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। उनी निजी निवासमा फर्किएको उनको सचिवालयले जनाएको छ।
सापकोटा २०७६ सालमा सभामुख निर्वाचित भएका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त पदमा सापकोटा निर्वाचित भएका थिए।
सापकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन्। शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफू उम्मेदवार नबन्ने तर सक्रिय राजनीतिमा रहिरहने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।