काठमाडौं– सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले कर्णालीमा ५ वटै क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ। गठबन्धनमा भागबण्डा हुँदा माओवादीले प्रत्यक्षतर्फ ५ सिट पाएको छ।
माओवादीले प्रतिनिधि सभामा जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला र रुकुम पश्चिममा भाग पाएको छ।
प्रदेश सभाका २४ सिटमध्ये माओवादीको भागमा ९ सिट परेको थियो। रूकुम पश्चिक्षको प्रदेश सभातर्फ कांग्रेसले एक सिट दाबी गरिरहेको छ।
सत्ता गठबन्धनले सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफ्ना उम्मेदवारहरुको समेत टुंगो लगाएको हो।
माओवादी केन्द्रले अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा र अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतलाई पुन: उम्मेदवार बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि प्रतिनिधि सभाको टिकट पाएका छन्।
जुम्लाबाट २०७४ सालमा निर्वाचित भएका गजेन्द्र महतले यसपटक टिकट पाएनन्। उनले यसअघि नै आफू अब नउठ्ने घोषणा गरेका थिए।
यस्तो छ सूची :
प्रतिनिधि सभातर्फ
रुकुम पश्चिम
जनार्दन शर्मा
जाजरकोट
शक्तिबहादुर बस्नेत
कालीकोट
महेन्द्रबहादुर शाही
जुम्ला
गोमा कुँवर
हुम्ला
छिरिङ डम्डोल लामा (कार्चेन)
प्रदेश सभा तर्फ
रुकुम पश्चिम
महेन्द्र केसी र राजकुमार शर्मा (एक सिटमा कांग्रेसको दाबी)
सुर्खेत–१, (ख) कृष्णबहादुर जिसी (जितेन्द्र)
सुर्खेत २, (ख) बिन्दमान विष्ट
दैलेख–२, (ख) उपेन्द्रकुमार रावत ‘सुशील’
कालिकोट (क) दुर्गा रावत,
डोल्पा (ख) वीरबहादुर शाही,
हुम्ला (क) रणसिङ परियार,
सल्यान (क) भीमप्रकाश शर्मा
मुगु (ख) मंगल शाही
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।