काठमाठौं– निर्वाचन आयोगले प्रत्यक्षतर्फको मननोनयन दर्ताका लागि कार्यतालिकामा कुनै हेरफेर नगर्ने बताएको छ।
आयोगले असोज २३ गते आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममा उम्मेदवारको मनोनयन दर्ता गरिसक्न पनि सम्बन्धित उम्मेदवारहरूलाई आग्रह गरेको छ।
आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विगतको अनुभवले पनि कार्यक्रममा कुनै पनि परिवर्तन गर्नु नपर्ने बताएका हुन्।
‘निर्वाचनको तयारी गरिरहँदा उम्मेदवारी दर्ताको मिति केही पर सार्ने सुझावहरु आएका छन्। अथवा, मनोनयनको समय २ दिन वा ३ दिनका लागि बढाउन पनि सुझावहरू आएका थिए,’ थपलियाले भने,‘तर, विगतको अनुभवले के बताउँछ भने समय २ वा ३ दिन दिए पनि दल तथा उम्मेदवारले अन्तिम दिनको अन्तिम समयमामा मात्र उम्मेदवारी वा सूची बझाउने परिपाटी रह्यो। त्यसकारण आयोगले निर्वाचनको मनोनयन दर्ताका लागि कार्यतालिकामा कुनै फेरबदल गर्नुपर्छ वा पुनरवलोकन गर्नुपर्छ भन्ने सोचेन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।