काठमाडौं– मंसिर ४ गते हुने निर्वाचनमा यातायातका साधन व्यवस्थित ढङ्गले सञ्चालन गर्न दिने निर्वाचन आयोगले बताएको छ। आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदानका दिन पनि यातायात चल्ने दिने बताएका हुन्।
विगतका निर्वाचनमा मतदानका दिन सार्वजनिक सवारीको प्रयोगमा रोक लागाइने गरेको थियो। सरोकारवाला पक्षले सिफारिस पत्र बनाएर मात्र सावरी चलाउन पाउँथे। त्यस्तै, अशक्त तथा वृद्ध, वृद्धाहरुलाई असहज हुने भएकोले पनि उक्त दिन सवारी चल्न दिन आयुक्त थपलियाले बताए।
‘असक्त तथा वृद्ध,वृद्धा लगायतलाई लक्षित गरेर मंसिर ४ गतेको दिन हामीले व्यवस्थित ढङ्गले यातायत सञ्चालन गर्ने भन्ने निर्णय गरेका छौँ। त्यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरी सम्मलित एउटा कार्यदल गठन गरेका छौँ। त्यसले दिएको सुझावका आधारमा आयोगले व्यवस्थित ढङ्गले यातायत सञ्चालन गर्न अनुमति दिन्छ’, थपलियाले भने,‘विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको दिन हो भन्ने कुरा सुन्नु पर्ने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।