काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० निर्वाचन क्षेत्रका लागि उम्मेदवार तोकेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेको राप्रपाले रवीन्द्र मिश्रसहित उम्मेदवार तय गरेको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंमा राप्रपाले एमालेसँग मित्रवत प्रतिस्पर्धा गर्ने सहमति पनि गरेको छ। राप्रपाले केही निर्वाचन क्षेत्रमा एमालेसँग तालमेल गरेको छ। रुपन्देही, बाँके र चितवन लगायतका केही क्षेत्रमा राप्रपा–एमाले तालमेलको सहमति भएको छ।
यी हुन् राप्राका काठमाडौंका उमेदवारहरू :
१ : प्रतिनिधि सभातर्फ रवीन्द्र मिश्र
प्रदेश सभा क - नवीन शाही
प्रदेश सभा ख- यज्ञ बहादुर शाह
२ : प्रतिनिधि सभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख- राजु विष्ट
३: प्रतिनिधि सभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा
४ : प्रतिनिधि सभातर्फ डा ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ
५ : प्रतिनिधि सभातर्फ डा रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का
६: प्रतिनिधि सभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर
७ : प्रतिनिधि सभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा
८ : प्रतिनिधि सभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क: केदार धमला
प्रदेश सभा ख- उद्धव थापा
९: प्रतिनिधि सभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख- दिलीप कार्की
१० : प्रतिनिधि सभातर्फ बलराम थापा
प्रदेश सभा क- उमेश सापकोटा
प्रदेश सभा ख- सूर्यबहादुर महर्जन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।