काठमाडौं– नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नेताहरूले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
गठबन्धन गर्दा नवलपुर–२ मा नेकपा माओवादी केन्द्रलाई भाग पारेको भन्दै उनीहरूले शनिबार सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका लहरबीच पनि झिनो मतान्तर (१,३३३) ले कांग्रेस पराजित भएको उनीहरूले स्मरण गरेका छन्।
अहिले नेपाली कांग्रेससँग गठबन्धन र जनाधार दुवै भएकोले यो क्षेत्र कांग्रेसको भागमा पर्दा जित्न सकिने भन्दै निर्णयमा पुनर्विचार उनीहरूले देउवालाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।