• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उम्मेदवारी दर्तामा लचिलो बन्दै निर्वाचन आयोग, प्रमुख आयुक्त भन्छन्– समय सर्दैन, केही व्यवस्थापन हुन्छ 

64x64
नेपाल लाइभ शनिबार, असोज २२, २०७९  १४:४६
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार (असोज २३) गते मनोनयन दर्ताको समय तोकिएको छ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ।

दलहरु उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म अन्तिम नाम टुङ्ग्याउने प्रयासमै रहेका छन्। सत्ता गठबन्धन र  प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि केही क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने छलफलमै व्यस्त रहेको छ।  

उम्मेदवार टुङ्ग्याउन परेको सकसलाई ध्यानमा राख्दै मनोनयन दर्ता गर्ने समय सार्न पनि निर्वाचन आयोगकहाँ प्रस्ताव पुगेको थियो। तर, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचनको समय तालिका परिर्वतन गर्न नसक्ने स्पष्ट पारे। 

निर्वाचन तालिका सार्दा सबैतिर बिग्रने भएकाले त्यसका लागि केही सहज व्यवस्था गर्ने तयारीमा आयोग रहेको प्रमुख आयुक्त थपलियाले बताए। उम्मेदवारले आठ प्रकारको कागजात पनि पेस गर्नुपर्ने छ। समयभित्र आफैं उपस्थित भएर मनोनय दर्ता गर्नुपर्नेदेखि पार्टी केन्द्रले टिकट दिने कुरालाई सहज गराउने प्रयास आयोगबाट गर्ने तयारी भइरहेको उनले बताए।

आयोगले अघि सारेका केही विकल्प 
निर्वाचन आयोगले अहिलेको मौसम, दलहरुको छलफल र अन्य कारणलाई समेत ख्याल गर्दै आइतबार मनोनयनपत्र दर्ता गर्ने कुरामा केही विकल्पहरु अघि सारेको छ। आयोगले यसरी अघि सारेको विकल्पले दलहरुलाई सहज हुने थपलियाको दाबी छ। 

Ncell 2
Ncell 2

आयोगले अघि सारेको पहिलो विकल्प हो;  राजनीतिक दलहरुले देशभरको मनोनयनपत्र एकसाथ संकलन गरेर निर्वाचन आयोगमा बुझाउने अनि आयोगले आफ्नो संयन्त्रमार्फत् सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मेल गरेर पठाउने।  

यसो हुँदा मनोनयनपत्र काठमाडौंबाट बोकेर जान नपर्ने र उम्मेदवार हुने व्यक्ति वा वारेस मात्र गए हुने आयोगको प्रस्ताव छ। दलहरु तयार भएमा यसले सम्बन्धित जिल्लामा सिफारिसको प्रति र उम्मेदवार समेत उपस्थित नभएको अवस्थामा समेत मनोनयपत्र दर्ता हुनसक्ने थपलियाको भनाइ छ। 

त्यस्तै, अर्को भनेको जिल्ला निर्वाचन कार्यालयमा दलहरुले इमेलमार्फत् मनोनयनपत्र पठाउने। जसले गर्दा उम्मेदवार सम्वन्धित क्षेत्रमा पुग्न समय पाउने आयोगको बुझाइ छ। निर्वाचन आयोगले मनोनयन दर्ताबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलन पनि राखेको छ। 

प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनबाट अझै प्रष्ट पार्ने बताए। दिउँसो ३ बजे आयोगले पत्रकार सम्मेलन राखेको छ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन
स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक
अमेरिका खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन
सम्बन्धित सामग्री
आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन यसका लागि सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ । बुधबार, माघ २१, २०८२
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम  बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायण प्र... मंगलबार, माघ २०, २०८२
१५ जिल्लाको मतपत्र छपाइ सकियो निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन बुधबार, माघ २१, २०८२
स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक बुधबार, माघ २१, २०८२
अमेरिका खसाल्यो अरब सागरमा उडिरहेको इरानी ड्रोन बुधबार, माघ २१, २०८२
राष्ट्रपति पौडेल स्वदेश प्रस्थान बुधबार, माघ २१, २०८२
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय मंगलबार, माघ २०, २०८२
पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं : रवि लामिछाने मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्