काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभाबाटै उम्मेदवार बन्ने भएका छन्।
यसअघि प्रदेशमा रहेका उनलाई संघमै उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो। उनी लमजुङबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नेछन्।
यसैगरी, लमजुङको प्रदेश ‘क’ मा जमिन्द्रमान घले र प्रदेश ‘ख’ कृष्ण अधिकारीले टिकट पाएका छन्।
लमजुङ सत्ता गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको छ। माओवादीका महासचिव देव गुरुङ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।