काठमाडौं- नेपाली कांग्रेसले ६० वटा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। सत्ता गठबन्धनबाट प्राप्त ८४ सिटमध्ये ६० क्षेत्रमा उम्मेदवार तय गरेको हो।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचन लड्नेछन् भने सभापतिमा उनका प्रतिष्पर्धी डा शेखर कोइराला मोरङ–६ बाट चुनाव लड्ने भएका छन्।
कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जा–२ र पूर्णबहादुर खड्का सुर्खेत–१ बाट उम्मेदवार बनेका छन्। यसैगरी, महामन्त्रीद्वय गगन थापा काठमाडौं–४ र विश्वप्रकाश शर्मा झापा- १ बाट निर्वाचन लड्दैछन्।
सहमहामन्त्री महालक्ष्मीले उपाध्याय ‘डिना’ ले मकवानपुर–१ बाट टिकट पाएकी छिन्। बद्री पाण्डेले बाजुराबाट टिकट पाउँदा उमाकान्त चौधरीले बारा- १ बाट टिकट पाएका छन्।
यसैगरी, किशोरसिंह राठौर बाँके–३ बाट उम्मेदवार बन्दैछन्। सहमहामन्त्री महेन्द्र यादवले धनुषा–४ बाट र भीष्मराज आङदम्बे पाँचथरबाट उम्मेदवार बन्ने तय भएको छ। सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर भने समानुपातिक सूचीमा छन्।
प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार
प्रदेश १
तेह्रथुम – सीता गुरुङ
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनिल थापा
संखुवासभा – दीपक खड्का
ओखलढुङ्गा – रामहरि खतिवडा
इलाम २ – बाँकी
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३ – कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ २ – बाँकी
मोरङ ३ – बाँकी
मोरङ ६ – डा शेखर कोइराला
सुनसरी २ – बाँकी
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ डा नारायण खड्का
मधेस प्रदेश
सप्तरी ३ – दिनेशकुमार यादव
सप्तरी ४ – तेजुलाल चौधरी
सिरहा १ – चित्रलेखा यादव
धनुषामा २ – बाँकी
धनुषा ३ – बाँकी
धनुषा ४ – महेन्द्र यादव
बारा १ – उमाकान्त चौधरी
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल
बागमती प्रदेश
काभ्रे १ – तीर्थबहादुर लामा
ललितपुर १ – उदयशमशेर राणा
भक्तपुर २ – दुर्लभ थापा
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ४ – गगन थापा
काठमाडौं ६ – बाँकी
काठमाडौं १० – राजेन्द्रकुमार केसी
काठमाडौं ५ – बाँकी
काठमाडौं ३ – बाँकी
रसुवा – मोहन आचार्य
नुवाकोट २ – बाँकी
सिन्धुली १ – बाँकी
सिन्धुपाल्चोक २ – मोहन बस्नेत
धादिङ २ – दिलमान पाख्रीन
मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’
चितवन १ – बाँकी
चितवन २ – उमेश श्रेष्ठ
रामेछाप - कान्छाराम तामाङ
गण्डकी प्रदेश
तनहुँ १ – रामचन्द्र पौडेल
तनहुँ २ – प्रदीप पौडेल
स्याङ्जा १ – राजु थापा
स्याङजा २ – धनराज गुरुङ
नवलपुर १ – शशांक कोइराला
पर्वत – अर्जुन जोशी
मनाङ – टेकप्रसाद गुरुङ
कास्की १ – बाँकी
गोरखा १ – राजेन्द्र बजगाईं
लुम्बिनी प्रदेश
गुल्मी १ – चन्द्र भण्डारी
नवलपरासी २ – देवेन्द्र कँडेल
रुपन्देही ३ – बालकृष्ण खाण
रुपन्देही ४ – प्रमोद शाह
रुपन्देही ५ – भरतकुमार शाह
कपिलवस्तु २ – सुरेन्द्र आचार्य
कपिलवस्तु ३ – अभिषेकप्रताप साह
अर्घाखाँची – पुष्पा भुसाल
दाङ ३ – दीपक गिरी
बाँके ३ – किशोरसिंह राठौर
बर्दिया १ – सञ्जय गौतम
कर्णाली प्रदेश
मुगु – ऐनबहादुर शाही
सुर्खेत १ – पूर्णबहादुर खड्का
सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – बाँकी
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा – शेरबहादुर देउवा
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्रप्रसाद बडू
अछाम २ – पुष्प शाह
कञ्चनपुर २– एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
कैलाली १ – रामजनम चौधरी
कैलाली ४ – वीरबहादुर बलायर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।