काठमाडौं– नेकपा एमाले र जसपाबीच चुनावी तालमेलको सहमति भएको छ। जस अनुसार जसपाले प्रतिनिधि सभातर्फ १७ सिट र प्रदेश सभातर्फ ४२ सिट पाउने छ।
प्रदेश २ का ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये एमाले र जसपाले १४/१४ स्थानमा तालमेलको सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्।
त्यस्तै, रुपन्देही, कैलाली, मोरङ र सुनसरी गरी जसपाले थप ४ सिटमा एमालेको साथ पाउने छ। समग्रमा उसले प्रतिनिधि सभातर्फ १७ स्थानमा एमालेसँग तालमेल गरेको छ।
एमालेले भने प्रदेश २ का जिल्लाबाहेक नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, मोरङ र सुनसरीमा पनि जसपाको साथ पाउने छ। प्रदेश २ का १४ र बाँकी जिल्लाका २१ स्थानमा जसपासँग तालमेल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।