काठमाडौं– आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदै छ।
पाँच वर्षसम्म संघीय सांसद र प्रदेश सांसद हुनका लागि निर्वाचनको प्रतिस्पर्धामा भाग लिदै उम्मेदवारहरू चुनिनेछन्।
जसका लागि निर्वाचन आयोगले कस्ता व्यक्ति उम्मेदवार हुन नपाउने भनेर अयोग्यताको सूची सार्वजनिक गरेको छ। आयोगले १० बुदाँमा यसलाई प्रष्ट पारेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ अनुसार उम्मेदवारको अयोग्यता तोकिएको छ। उक्त दफामा ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ’ भनेर व्यवस्था गरेको छ।
ऐनको उक्त दफामा भ्रष्टाचारदेखि अन्य फौजदारी कसूरसम्म समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।