काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ छोडेर गोरखा–२ वाट निर्वाचन लड्ने निर्णय गरेसँगै डा बाबुराम भट्टराईले उक्त निर्णयको स्वागत गरेका छन्।
२०७४ सालमा आफू निर्वाचित क्षेत्रबाट प्रचण्डलाई उठाउने माओवादी केन्द्रको निर्णलाई स्वागत गर्दै उनले यस क्षेत्रमा उम्मेदवारीको सांकेतिक अर्थ रहेको दाबी गरेका छन्।
‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तहृदयदेखि स्वागत गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँलाई शानदार विजयको हार्दिक शुभकामना!’
अघिल्लो पटक २०७४ सालमा भट्टराईले माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। तत्कालीन समयमा भट्टराईलाई नेपाली कांग्रेसले सर्मथन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।