काठमाडौं– नेकपा एमाले अछाम निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजकले राजीनामा दिएका छन्।
आफ्नो निर्वाचन क्षेत्रले सर्वसम्मत रुपमा सिफारिस गरेको नाम केन्द्रबाट हेरफेर भएकोमा असन्तुष्ट जनाउँदै संयोजक शाहले राजीनामा दिएका हुन्।
उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको राजीनामा पत्रमा भिम रावलको ठाउँमा टिकट दिइएका झपट बोहराकै प्रमुख आतिथ्यमा उक्त निर्णय भएको अवगत गराएका छन्।
उनले भनेका छन्, ‘भदौ १९ गत एकल नाम भिम रावलको सिफारिस भएको तर पार्टी केन्द्रले समन्वय कमिटीको सर्वसम्मत सिफारिसलाई नमानेका कारण म समन्वय कमिटीको संयोजक पदमा बसी रहन नैतिकताले दिँदैन।’
लामो समयदेखि उक्त क्षेत्रबाट चुनाव लड्दै आएका रावललाई यसपल्ट टिकटबाट वञ्चित गरिएको छ। रावलको ठाउँमा माओवादी केन्द्रबाट आएका बोहराले टिकट पाएका हुन्। जसका कारण अछामका एमाले नेता कार्यकर्ता चिढिएका छन्।
पार्टी केन्द्रको अपानी अनुसार प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिए पनि केन्द्रबाट सिफारिसमा परेका रावललाई टिकट नदिएको भन्दै संयोजक शाहले राजीनामा दिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।