काठमाडौं- चितवन छोडेर गोरखा- २ मा उम्मेदवार बन्न लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नेकपा एमालेका अब्दुस मियाँ भिड्ने भएका छन्।
केही दिनअघि विवेकशील साझा छाडेर एमाले प्रवेश गरेका मियाँले गोरखा- २ मा एमालेबाट उम्मेदवारी दिएका छन्।
शुक्रबार साँझ मात्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले प्रचण्डलाई गोरखाबाट उठाउने निर्णय गरेको हो।
गोरखा-२ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचित भएको क्षेत्र हो। २०७४ सालको निर्वाचनमा भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।