काठमाडौं- नेकपा एमालेले ललितपुर र भक्तपुरमा उम्मेदवार तय गरेको छ। ललितपुर क्षेत्र नम्बर १ मा पूर्वडिआइजी नवराज सिलवाल दोहोरिएका छन्। २०७४ सालको निर्वाचनमा उनी एमाले प्रवेश गर्दै उम्मेदवार भएका थिए।
ललितपुर १ मा प्रतिनिधि सभातर्फ नवराज सिलवाल र प्रदेश सभामा मधुसुदन पौडेल र चेतनाथ सन्जेल उम्मेदवार हुने भएका छन्।
ललितपुर २ मा प्रतिनिधि सभामा प्रेम महर्जन तथा प्रदेश सभातर्फ रामेश्वर श्रेष्ठ, ज्ञानेन्द्र शाक्य उम्मेदवार तय भएको छ।
त्यस्तै ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ अमृत खड्का र प्रदेश सभातर्फ प्रेमभक्त महर्जन र रघुनाथ महर्जनको उम्मेदवारी तय भएको छ।
भक्तपुर २ नम्बर क्षेत्रमा एमालेले महेश बस्नेतलाई पुन: उम्मेदवार बनाएको छ भने १ मा नवराज गेलाललाई बनाएको छ।
भक्तपुर क्षेत्र नम्बर १ नेपाल मजदूर किसान पार्टीले जित्दै आएको क्षेत्र हो। उक्त क्षेत्रमा प्रदेश सभातर्फ मोहन श्रेष्ठको नाम तय भएको छ। महेश बस्नेतको क्षेत्रमा एमालेले प्रदेश सभामा किरण थापा र नन्दनकृष्ण प्रधानको नाम तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।