• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

आगामी निर्वाचन दुईपक्षीय गठबन्धनबीच हुने तय,  सत्ता र प्रतिपक्ष दलहरूमा सिट बाँडफाँटबारे छलफल जारी

64x64
नेपाल लाइभ शुक्रबार, असोज २१, २०७९  १७:२४
1140x725

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारुढ र प्रतिपक्ष दलहरुले गठबन्धन बनाउने तय भएको छ। सत्ता गठबन्धनकाविरुद्ध प्रतिपक्ष दल नेकपा एमालेले पनि गठबन्धन नै बनाउने गरी छलफल अघि बढाएको छ।

शुक्रबारदेखि गठबन्धनका दलहरुको समिकरणमा भने केही फेरबदल देखिएका छन्। सत्ता गठबन्धनका पाँच दलमध्ये एक, जनता समाजवादी पार्टी (जसपा) प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग नजिकएको छ। सत्ताबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सत्ता गठबन्धनले रातो कार्पेट ओछ्याएको छ। 

शुक्रबार बिहानैदेखि सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। यही बीचमा लोकतान्त्रिक समाजवादी पार्टीलाई बोलाएर गठबन्धनका शीर्ष नेताहरुले छलफल गरेका छन्। 

गठबन्धनसँग लोसपाको संवाद सकारात्मक रहेको नेताहरुले बताएका छन्। फेरि बसेर सिट बाँडफाँटमा संख्या र क्षेत्रसहित सहमति गर्नेगरी पहिलो छलफल टुंगिएको लोसपा नेता जितेन्द्र सोनलले जानकारी दिए।

उनले भने,  ‘आजै केहीबेरमा वा भोलि बिहान बसेर बाँकी सहमति गर्ने कुरा छ। सत्ता गठबन्धनसँगै तालमेल गर्ने कुरामा लगभग सहमति भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

लोसपाका अर्का एक नेताका अनुसार नेताहरुले सुरुमा जनता समाजवादी पार्टी (जसपा)का लागि छुट्याइएको १६ सिट मागेका थिए। तर,  गठबन्धनले मधेश प्रदेशमा १२ देखि १३ सिट दिन सकिने प्रस्ताव गरेको छ। एउटा लुम्बिनी प्रदेशमा सर्वेन्द्रनाथ शुक्लाका लागि पनि मागिएको छ।

मधेश प्रदेश सरकार भने सबैभन्दा ठूलो दलको नेतृत्वमा हुनुपर्ने भनिएको छ। अघिल्लोपटककै सुत्रअनुसार फेरि पनि सरकार बनाउनुपर्ने लोसपाको प्रस्ताव छ। 

सबै विषयमा सत्ता गठबन्धका नेताहरु सकारात्मक रहेको लोसपा नेताहरुले बताएका छन्। जसपाले गठबन्धन छाड्ने संकेत गरेपछि सत्ता गठबन्धनले लोसपालाई बालुवाटार बोलाएका थियो। लोसपा अध्यक्ष महन्थ ठाकुर,  नेता राजेन्द्र महतोसहितका नेताहरु बालुवाटार पुगेका थिए। 

यसैगरी, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग संवाद गरिरहेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल समशेर राणा र डा प्रकाशचन्द्र लोहनीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका छन्। उनीहरुले केही शीर्ष नेताहरुको निर्वाचन क्षेत्र मागेको बुझिएको छ। उक्त विषयमा सकारात्मक रहेको बताइएको छ।

यसैगरी, जसपाले एमालेसँग २५ सिट लिनेगरी सहमति खोजेको छ। मधेश प्रदेशका १६ र अन्य प्रदेशका ९ क्षेत्र जसपाले प्रस्ताव गरेको छ। सत्ता गठबन्धनमा १६ भन्दा बढी सिट नपाउने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार अपराह्न गठबन्धनको बैठक छाडेका थिए।

दशैंअघिदेखि नै एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका यादवले बिहीबार अबेरसम्म एमाले नेताहरुसँग छलफल गरेका थिए भने शुक्रबार बिहानदेखि आन्तरिक छलफल गरिरहेका छन्। शुक्रबार अबेरसम्म बसेर भएपनि सहमति पत्रमा हस्ताक्षर हुने जसपा नेताहरुले बताएका छन्। 

जसपा कार्यकारणी समिति सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाले जसपाले एमालेसँग तालेमल गर्ने विषयको नजिक पुगेको बताए। उनले भने,  ‘केन्द्रीय स्तरमा एमालेसँग चलिरहेको संवाद सकारात्मक रुपमा अघि बढेको सूचना पाएको छु। आजै बेलुकासम्म एमाले र जसपाबीचमा सहमति हुने सम्भावना छ।’

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्