काठमाडौं- नेकपा एमालेसँग गठबन्धन टुंग्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरु अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, निर्देशक समितिका प्रमुख डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरु बालकोट पुगेका हुन्।
एमालेसँग सिट बाँडफाँट टुंग्याएर आफ्नो उम्मेदवारीलाई अन्तिम रुप दिइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले विशेषगरी अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरालगायतको क्षेत्रमा एमालेको समर्थन चाहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।