काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले बुझाउनु पर्ने विवरण सार्वजनिक गरेको छ।
आफ्नो विषयमा मतदाता सुसूचित हुन सकून् भन्ने उद्देश्यले उम्मदेवारले वैयक्तिक विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगले यही असोज २३ गते उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ।
उम्मेदवारले आयोगलाइ बुझाउनुपर्ने विवरण :
- पूरा नाम, थर
- निर्वाचन क्षेत्र
- जिल्ला
- स्थायी ठेगाना
- जन्ममिति
- जन्मस्थान
- पासपोर्ट साइजको फोटो
- बाबु/आमाको नाम
- पति/पत्नीको नाम, थर
- राजनीतिक दल/स्वतन्त्र
- माथिल्लो शैक्षिक योग्यता
- शैक्षिक योग्यता हासिल गरेको संस्था
- अनुभव
- उम्मेदवारले उल्लेख गर्न चाहेको अन्य विवरण (बढीमा २५० शब्दमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।