काठमाडौं- एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्।
दाङ-१ बाट प्रत्यक्षका लागि सिफारिस भएकाहरूमध्ये एक उनले टिकट नपाउने संकेत बुझेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्।
दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन्। शान्ताले टिकट पाउने लगभग तय भएपछि उनले बिद्रोह गरेकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मैले ठीक निणर्य गरे वा बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन्, जनता नै सर्वपरी हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।