काठमाडौं- आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा धनुषा-३ बाट नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार बन्ने लगभग पक्का भएको छ।
उनी सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा धनुषा-३ बाट चुनाव लड्ने पक्का भएको एकीकृत समाजवादीका एक शीर्ष नेताले नेपाल लाइभलाई बताए। गठबन्धनभित्रको सहमति अनुसार धनुषा-३ एकीकृत समाजवादीको भागमा परेको छ।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भने यसपटक समानुपातिकमा बसेका छन्। उनी २०७४ को निर्वाचनमा तत्कालीन राजपाका राजेन्द्र महतोसँग पराजित भएका थिए।
यसकपटक राजेन्द्रले उक्त क्षेत्रबाट चुनाव नलड्ने घोषणा गरिसकेका छन्। एमाले नेता जुलीकुमारी महतोले पनि धनुषा-३ बाट उम्मेदवारी दिने बताइसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।