काठमाडौं- सिट बाँडफाँटका लागि ‘निर्णायक’ भनिएको मंगलबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि सत्ता गठबन्धनको बैठक बुधबार पनि बस्ने भएको छ।
बुधबार दिउँसो ३ बजे गठबन्धनको बैठक बस्ने तय भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
मंगलबार दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भएपनि प्रदेश सभाको मिल्न बाँकी रहेकाले अन्तिम टुंगो लाग्न सकेन।
प्रदेश सभाको टुंगो नलागेकोले प्रतिनिधि सभाको पनि सहमति घोषणा हुन नसकेको कार्यदलका एक सदस्यले बताए।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयन दर्ताका लागि कार्यतालिका सार्वजिनक गरिसकेको छ। जसअनुसार असोज २३ गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ।
त्यसकारण त्यसअघि नै सहमति जुटाउनुपर्ने दबाबमा सत्ता गठबन्धन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।