काठमाडौं– मासु खाँदा घाँटीमा अड्किएर चितवनमा १ जनाको मृत्यु भएको छ। जिल्लाको कालिका नगरपालिका–८ गौरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो।
महाअष्टमीको दिन (सोमबार) साँझ मासु खाने क्रममा उनको घाँटीमा अड्किएपछि स्थाानीय मेडिकलमा लगिएको छ।
मेडिकलमा उपचार सम्भव नभएपछि उनलाई भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।