काठमाडौं– काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १६४ जना सवारी चालक कारबाही परेका छन्। बडादशैं अन्तर्गत आइतबार सप्तमीका दिन मापसे गरेर सवारी चलाएका उनीहरू कारबाहीमा परेका हुन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ११ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।
ट्राफिक प्रहरीका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने २६, हर्न बजाउने ५२, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका १० र अन्य एक हजार २१६ गरि एक हजार ४७९ जना सवारी चालकलाई कारबाही गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।