• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सर्वोच्चमा नयाँ नेतृत्वः 

दुई महिनाअघि नै जिम्मेवारी पाएका कार्कीका चुनाैती–विचौलियादेखि सर्वोच्चको भवन निर्माणको भ्रष्टाचार छानबिनसम्म 

64x64
नेपाल लाइभ आइतबार, असोज १६, २०७९  १६:१३
1140x725


काठमाडौं– आइतबारदेखि हरिकृष्ण कार्कीको काँधमा सर्वोच्च अदालतको नयाँ नेतृत्व आएको छ। प्रधानन्यायाधीश रहेका चोलेन्द्र शमशेर राणामाथि लागेको महाभियोग निर्णयमा नपुगेका कारण उनी निलम्बनमै रहेका छन्।

राणा निलम्बनमै रहँदा कार्कीले सर्वोच्चको नेतृत्व गर्ने आफ्नो नियमित समयभन्दा २ महिना अघि जिम्मेवारी पाएका छन्। यो जिम्मेवारी उनले कानुनत स्वतः कायममुकाय प्रधानन्यायाधीशको रुपमा पाएका हुन्। 

उनी सम्भवत देशको २९ औं प्रधानन्यायाधीश हुने छन्।  मंसिर ४ गते हुने नयाँ निर्वाचनपछि संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनले औपचारिक रुपमा सर्वोच्चको नेतृत्व पाउनेछन्। अहिले भने उनले वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले उमेरहदका कारण असोज १६ गतेदेखि अनिवार्य अवकाश पाएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन्। 

फागुन १ गते राणाविरुद्ध सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गरेपछि सर्वोच्चको जिम्मेवारी दीपककुमार कार्कीले सम्हालेका थिए। करिब सातमहिना कार्कीले कामुकै जिम्मेवारी सम्हालेर अवकाश पाए। 

करिब तीन महिना कामु 
अब हरिकृष्ण कार्की पनि केही समय कामुकै रुपमा रहनेछन्। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। निर्वाचन भएर नयाँ संसद् नआएसम्म संसदिय सुनुवाइ हुन सक्दैन भने संवैधानिक परिषद्को वैठक पनि बस्ने देखिँदैन। 

निर्वाचन आयोगले निर्वाचनका लागि आचारसंहिता समेत लागू गरिसकेको छ।संवैधानिक परिषद्को बैठक यस्तो अवस्थामा राख्दा विवादित हुने देखिन्छ। मंसिर ४ गते हुने निर्वाचनको परिणाम मंसिर अन्तिमसम्म समाप्त भएमा नयाँ संसद्ले सभामुख, उपसभामुख चयनदेखि नियमावली निर्माणसम्मको कार्य गरेर समितिहरुमा सभापति चयन गर्नेछ।

संसद् बैठक बसेर समितिमा रहने सदस्यहरुको नाम टुङ्गो लागेपछि संवैधानिक परिषद्को सिफारिसलाई सुनुवाइको प्रक्रिया लैजान सक्ने छ। संवैधानिक परिषद्को बैठकका लागि पनि सभामुख, उपसभामुख र विपक्षी दलको नेताको आवश्यकता पर्छ।

पुस महिनासम्म यी सबै प्रक्रिया पूरा भएमा कार्कीले पूर्णरुपमा प्रधानन्यायाधीशको जिम्मेवारी पाउनेछन्। उक्त समयसम्म निलम्बनमा रहेका राणाले पनि अवकाश पाउनेछन्। राणाले मंसिर २६ गते अवकाश पाउँदैछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

विशेष परिस्थितिवस झण्डै साढे दुई महिना अगाडिदेखि नै उनले औपचारिक रुपमा न्यायालयको नेतृत्व सम्हाल्न लागेका हुन्। करिब ११ महिनाको कार्यकालमा नेतृत्व सम्हाल्ने कार्कीका सामु चुनौती भने धैरै छन्।

कार्कीका चुनौतीः राजनीतिक आरोप बिर्साउँदै आफैंले बनाएको प्रतिवेदन कार्यान्वयनदेखि न्यायालय शुद्धीकरणलाई निरन्तरतासम्म

हरिकृष्ण कार्कीको आगामी यात्रा सहज भने पक्कै छैन। सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्व न्यायाधीशहरुले पनि कार्की सामु धेरै चुनौती रहेका छन्। हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। 

सर्वोच्च अदालतका कानुन व्यवसायीबाट राजनीतिक दलहरुको भागबन्डाका आधारमा नियुक्ति हुँदा कार्की पनि एमाले कोटाबाट नियुक्त भएका थिए। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता (सरकारको कानुनी सल्लाहाकारको) भूमिकामा थिए। नेपाल बार एशोसियसनको अध्यक्ष रहेका कार्की त्यहाँबाट राजिनामा दिएर महान्यायाधीवक्तामा नियुक्त भएका थिए। 

एमाले निकट कानुन व्यवसायीहरुको नेतृत्व गर्र्दै कार्की अध्यक्षमा निर्वाचित भएका थिए। कार्की २०७२ असोज २८ देखि २०७२ फागुन १८ गतेसम्म महान्यायाधीवक्ता भएका थिए। उनलाई तत्कालीन समयमै नियुक्तिका लागि सिफारिस गर्दा नै प्रधानन्यायाधीशको रोलक्रममा राखेर नियुक्त गरिएको थियो। यही कारण उनलाई ‘एमालेको कोटा’मा नियुक्त भएको आरोप मेटाउने पहिलो काम न्यायालयको नेतृत्वमा रहेर गर्नुपर्ने देखिन्छ।

पाँच वर्ष सर्वोच्चमा कार्यरत रहँदा उनको कार्यसम्पादन पार्टीगत देखियो भन्दै आलोचना भने भएको छैन। तर, कार्कीमाथि महाभियोग समितिमा निलम्बित प्रधानन्यायाधीश राणाले आरोप भने लगाए। कार्कीमा ठूला र विवादमा पर्ने मुद्दाहरु हेर्न नचाहने र पन्छाउने प्रवृत्ति रहेको भन्दै राणले आरोप लगाएका छन्। 

अब उनी आफैं नेतृत्वमा पुगेकाले उक्त आरोपलाई गलत सावित गर्नुपर्ने छ। त्यस्तै दीपककुमार कार्की प्रधानन्यायाधीश र उनी कामु प्रधान न्यायाधीश हुँदा थालेको न्यायालय शुद्धीकरणलाई पनि टुङ्गोमा पुर्‍याउनुपर्ने चुनौती छ। साथै आफ्नै नेतृत्वमा निर्माण भएको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदन कार्यान्वयनको चुनौती पनि कार्कीलाई छ। 

कार्कीको नेतृत्वमा बनेको समितिले अदालतभित्र हुने भ्रष्टाचार र विचौलिया नियन्त्रणका लागि सुझाव दिएका थियो। उनी आफैं कार्यान्वयन गर्ने निकायको नेतृत्वमा पुगेकाले उनीमाथि झन् कडा रुपमा यो प्रश्नले आगामी दिन पछ्याउने सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीको बुझाइ छ। 

त्यस्तै सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको सार्वजनिक प्रश्न उठिरहेकाले त्यसलाई पनि कार्कीले नै टुङ्गोमा पुर्‍याउनुपर्ने छ। न्याय परिषद्ले केही न्यायाधीशमाथि छानबिन गरिरहेको छ। समितिले उनीहरुमाथि गरिएको छानबिनको प्रतिवेदन पनि बुझाइसकेको छ। अब त्यसलाई निर्णय गर्ने जिम्मेवारी कार्कीकै काँधमा छ। 

उनी न्याय परिषद्को अध्यक्षसमेत भएकाले आगामी दिनमा हुने न्यायाधीश नियुक्तिदेखि अन्य कुरामा प्रश्न उठ्ने छ। त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि परिषद्ले आवेदन संकलन गरेको छ। उक्त नियुक्तिलाई पनि पारदर्शी बनाउनुपर्ने छ। कार्कीसँग अन्य अदालतमा काम गरेको अनुभव छैन तर त्यहाँ कार्यरतहरुलाई न्याय गर्नुपर्ने छ। 

न्याय परिषद्ले पहिलोपटक राम्रो कार्यसम्पादन गरेकाले त्यसलाई निरन्तरता दिँदै अयोग्य न्यायाधीशहरुलाई जिम्मेवारी मुक्त गर्दै न्यायालय शुद्धीकरण गर्नुपर्ने छ।  उनले आगामी भदौ २५ गतेसम्म सर्वोच्चको नेतृत्व गर्ने छन्।

२०१५ भदौ २५ गते जन्मिएका कार्कीले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन्। कार्यकाल सकिनुभन्दा दुईचार महिना अगाडिसम्म व्यक्तिगत स्वार्थपूर्ति गर्नेहरुको वेजोड चाकरी र चाप्लुसीलाई बुझेर संस्थागत हितमा कार्की लाग्नुपर्ने सर्वोच्चकै बहालवाला न्यायाधीशको सुझाव छ। 

कार्कीकै नेतृत्वमा बनेको समितिको न्यायिक र प्रशासनिक सुधार सम्बन्धी सुझाव प्रतिवेदन बिना भेदभाव दृढ इच्छाशक्तिका साथ कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने मुख्य चुनौती रहेको पूर्व न्यायाधीश केसीको भनाइ छ। भवन निर्माणमा भएको अनियमितता सम्बन्धमा छानबिन गरी सत्यतथ्य उजागार हुनसकेमा न्यायालयले जनआस्था अभिवृद्धिमा गतिलो फड्को मार्ने उनले बताए। 

सर्वोच्च अदालतका एक न्यायाधीशले आगामी दिन कार्कीका लागि सहकर्मीहरु सहज भएकाले पनि काम गर्ने इच्छाशक्ति देखाउने र असल नेतृत्व प्रदर्शन गरेमा न्यायालयमाथि उठिरहेका प्रश्न कम हुने बताए। 

‘न्यायालयलाई सही बाटोमा हिँडाउने प्रयास गर्ने अवसर कार्कीलाई रहेको छ,’ एक न्यायाधीशले भने, ‘चुनौती धेरै छन् त्यसलाई कसरी व्यवस्थापन गर्ने कार्कीकै क्षमतामा भर पर्छ।’
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल
सम्बन्धित सामग्री
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण ह... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्