नयाँदिल्ली- भारतीय कांग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खड्गे, जसलाई अध्यक्षका अर्का दाबेदार शशि थरुरले ‘कांग्रेसका भिष्म पितामह’ भनिदिए। अर्का उम्मेवार झारखण्डका केएन त्रिपाठी छन्। जो राज्य सरकारमा मन्त्रीसम्म बनेका छन्।
तीनै अनुहार हेर्दा खड्गे भावी अध्यक्ष लगभग पक्का देखिन्छ। त्यसैमाथि गान्धी परिवारको समर्थन प्राप्त गरेर अध्यक्षको प्रतिस्पर्धामा उनको ‘वाइल्ड कार्ड’ इन्ट्री भएको हो। यसअघि अध्यक्षका लागि सबैभन्दा बढी चर्चामा आएको नाम दिग्विजय सिंह शुक्रबार एकाएक प्रतिस्पर्धाबाट पछि हटे।
उनले उम्मेदवारीका लागि फारमसमेत लिए तर दर्ता गरेनन्। उनलाई कांग्रेसको एक गुटले मन पराउँदैन, त्यही गुटका कारण सिंह पछि हटेको चर्चा छ। वरिष्ठ पत्रकार राधिका रामाशेषनका अनुसार उनले गान्धी परिवार आफ्नो पक्षमा रहेको यकिन नभएपछि उम्मेदवारी दिएनन्।
उनी भन्छिन्, ‘दिग्विजय सिंह एक समय खाशगरी सन् २०१२ मा युपीको चुनावका समयमा गान्धी परिवारको खाश थिए। उनी राहुल गान्धीका निकटस्थ थिए। तर पछिल्ला वर्षहरुमा गान्धी परिवारसँग उनको दूरी बढ्यो। कति विवादास्पद बयान दिए, जसले पार्टी र गान्धी परिवारलाई संकट सिर्जना गर्यो। जसले झन् फाटो ल्यायो।’
उनी पछि हटेपछि कांग्रेसको आगामी अध्यक्ष दक्षिण भारतीय हुने लगभग तय भएको छ। थरुरको सम्बन्ध केरल राज्यसँग छ भने मल्लिकार्जुन कर्नाटकका हुन्। दुवै केन्द्र सरकारमा मन्त्री भइसकेका छैनन्। मल्लिकार्जुन राज्यसम्भामा विपक्ष दलका नेता छन्।
राधिका रामाशेषन भन्छिन्, ‘मल्लिकार्जुन खड़गे गान्धी परिवारका ‘अनाधिकारिक आधिकारिक’ उम्मेदवार हुन्।’ शुक्रबार उम्मेदवारीको समय उनका साथ जुन नेता देखिए, यसले खड्गेको जित निश्चित देखिन्छ। नामाकंनमा दिग्विजय सिंह, अशोक गहलोत, पवन वंशललगायतका वरिष्ठ नेता उपस्थित थिए।
राहुल यतिबेला केरलबाट लोकसभा सांसद छन्। र उनले भारत जोडोको यात्रासमेत तमिलनाडुबाट गरेका हुन्। यस्तो अवस्थामा के कांग्रेसको नजर अब दक्षिण भारततर्फ मोडिएको हो? के यसको राजनीतिक लाभ मिल्ला?
सन् १९८५ मा कांग्रेसको स्थापनापछि सन् १८४७ मा भारतको स्वतन्त्रतासम्म दक्षिण भारतका धेरै नेता कांग्रेसका अध्यक्ष बनेका छन्। स्वतन्त्रतापछि सन् १९४८ मा कांग्रेसका अध्यक्ष दक्षिण भारतका पट्टाभी सीतारमैया थिए। उनीपछि नीलम संजीव रेड्डी, के कामराज, एस निजलिंगप्पा, पीभी नरसिंह राव कांग्रेसका अध्यक्ष बने।
इमर्जेन्सी हटेपछि सन् १९७७ भएको आम निर्वाचनमा जब कांग्रेस उत्तर भारतबाट पूरै साफ भएको थियो, यहाँसम्म कि इन्दिरा गान्धी र सञ्जय गान्धीसमेत हारेका थिए। त्यो समय दक्षिण भारतले नै कांग्रेसलाई सहारा दिएको थियो। कूल १५३ सिट जितेको कांग्रेसको ९२ सिट दक्षिण भारतबाट मात्रै आएको थियो।
इन्दिरा गान्धीले सन् १९७८ मा चिकमंगलूरबाट उपचुनावमा जित हासिल गरेर आफ्नो राजनीतिक बाटो फेरि बनाएकी थिइन्। फेरि सन् १९८० मा उनको जोडदार वापसी भयो। त्योबेला आन्ध्र प्रदेशको मेडकबाट चुनाव जितेर लोकसभा पुगिन्। सन् १९९९ मा बेल्लारीबाट चुनाव जितेर लोकसभा पुगेकी थिइन्। त्यो बेला उनको प्रतिस्पर्धा सुषमा स्वराजसँग भएको थियो।
राहुल गान्धी सन् २०१९ मा अमेठीबाट चुनाव हारे। त्यो बेला पनि केरल वायनाबाट लोकसभा पुगेका हुन्। कर्नाटक, तेलंगाना, आन्ध्रप्रदेश, केरल र तमिलनाडु गरी कूल पाँच राज्यका १२९ सिटमा हाल कांग्रेससँग २८ सिट छन्। कांग्रेसको दक्षिण भारतसँग खाश सम्बन्ध छ। तर, अब दक्षिण भारतबाट अध्यक्ष बनाउँदा कत्तिको फाइदा होला?
कांग्रेसले मल्लिकार्जुनलाई एक दलित नेताका रुपमा पेस गर्नेछ। तर बाटो सहज नभएको पत्रकार राधिका रामाशेषन बताउँछिन्। उनी भन्छिन्, ‘आन्ध्रमा जनगमोहन रेड्डीलको बोलावाला छ। तेलांगानामा केसीआरको बहुत मजबुत छ। विपक्षी पार्टीको जुन स्पेस छ। त्यो विजेपीले लिने कोशिश गरिरहेको छ। त्यसैले सहज देखिदैन।’
उनका अनुसार कांग्रेस र मल्लिकार्जुन दुवैको असली परीक्षा कर्नाटकमै हुन्छ। ‘राहुल गान्धीलाई केरलमा राम्रै रेस्पोन्स प्राप्त भएको थियो। कर्नाटकमा त्यस्तै स्वागत होला? कर्नाटकमा चुनाव आइरहेको छ। बीजेपी धेरै बलियो छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।