• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुनलाई नै किन चाहन्छ गान्धी परिवार?  

64x64
नेपाल लाइभ शनिबार, असोज १५, २०७९  १४:२२
1140x725

नयाँदिल्ली- भारतीय कांग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खड्गे, जसलाई अध्यक्षका अर्का दाबेदार शशि थरुरले ‘कांग्रेसका भिष्म पितामह’ भनिदिए। अर्का उम्मेवार झारखण्डका केएन त्रिपाठी छन्। जो राज्य सरकारमा मन्त्रीसम्म बनेका छन्। 

तीनै अनुहार हेर्दा खड्गे भावी अध्यक्ष लगभग पक्का देखिन्छ। त्यसैमाथि गान्धी परिवारको समर्थन प्राप्त गरेर अध्यक्षको प्रतिस्पर्धामा उनको ‘वाइल्ड कार्ड’ इन्ट्री भएको हो। यसअघि अध्यक्षका लागि सबैभन्दा बढी चर्चामा आएको नाम दिग्विजय सिंह शुक्रबार एकाएक प्रतिस्पर्धाबाट पछि हटे। 

उनले उम्मेदवारीका लागि फारमसमेत लिए तर दर्ता गरेनन्। उनलाई कांग्रेसको एक गुटले मन पराउँदैन, त्यही गुटका कारण सिंह पछि हटेको चर्चा छ। वरिष्ठ पत्रकार राधिका रामाशेषनका अनुसार उनले गान्धी परिवार आफ्नो पक्षमा रहेको यकिन नभएपछि उम्मेदवारी दिएनन्। 

उनी भन्छिन्,  ‘दिग्विजय सिंह एक समय खाशगरी सन् २०१२ मा युपीको चुनावका समयमा गान्धी परिवारको खाश थिए। उनी राहुल गान्धीका निकटस्थ थिए। तर पछिल्ला वर्षहरुमा गान्धी परिवारसँग उनको दूरी बढ्यो। कति विवादास्पद बयान दिए, जसले पार्टी र गान्धी परिवारलाई संकट सिर्जना गर्‍यो। जसले झन् फाटो ल्यायो।’

उनी पछि हटेपछि कांग्रेसको आगामी अध्यक्ष दक्षिण भारतीय हुने लगभग तय भएको छ। थरुरको सम्बन्ध केरल राज्यसँग छ भने मल्लिकार्जुन कर्नाटकका हुन्। दुवै केन्द्र सरकारमा मन्त्री भइसकेका छैनन्। मल्लिकार्जुन राज्यसम्भामा विपक्ष दलका नेता छन्। 

राधिका रामाशेषन भन्छिन्,  ‘मल्लिकार्जुन खड़गे गान्धी परिवारका ‘अनाधिकारिक आधिकारिक’ उम्मेदवार हुन्।’ शुक्रबार उम्मेदवारीको समय उनका साथ जुन नेता देखिए, यसले खड्गेको जित निश्चित देखिन्छ। नामाकंनमा दिग्विजय सिंह, अशोक गहलोत, पवन वंशललगायतका वरिष्ठ नेता उपस्थित थिए।

राहुल यतिबेला केरलबाट लोकसभा सांसद छन्। र उनले भारत जोडोको यात्रासमेत तमिलनाडुबाट गरेका हुन्। यस्तो अवस्थामा के कांग्रेसको नजर अब दक्षिण भारततर्फ मोडिएको हो? के यसको राजनीतिक लाभ मिल्ला?

सन् १९८५ मा कांग्रेसको स्थापनापछि सन् १८४७ मा भारतको स्वतन्त्रतासम्म दक्षिण भारतका धेरै नेता कांग्रेसका अध्यक्ष बनेका छन्। स्वतन्त्रतापछि सन् १९४८ मा कांग्रेसका अध्यक्ष दक्षिण भारतका पट्टाभी सीतारमैया थिए। उनीपछि नीलम संजीव रेड्डी, के कामराज, एस निजलिंगप्पा, पीभी नरसिंह राव कांग्रेसका अध्यक्ष बने। 

Ncell 2
Ncell 2
nimb
nimb

इमर्जेन्सी हटेपछि सन् १९७७ भएको आम निर्वाचनमा जब कांग्रेस उत्तर भारतबाट पूरै साफ भएको थियो, यहाँसम्म कि इन्दिरा गान्धी र सञ्जय गान्धीसमेत हारेका थिए। त्यो समय दक्षिण भारतले नै कांग्रेसलाई सहारा दिएको थियो। कूल १५३ सिट जितेको कांग्रेसको ९२ सिट दक्षिण भारतबाट मात्रै आएको थियो।

इन्दिरा गान्धीले सन् १९७८ मा चिकमंगलूरबाट उपचुनावमा जित हासिल गरेर आफ्नो राजनीतिक बाटो फेरि बनाएकी थिइन्। फेरि सन् १९८० मा उनको जोडदार वापसी भयो। त्योबेला आन्ध्र प्रदेशको मेडकबाट चुनाव जितेर लोकसभा पुगिन्। सन् १९९९ मा बेल्लारीबाट चुनाव जितेर लोकसभा पुगेकी थिइन्। त्यो बेला उनको प्रतिस्पर्धा सुषमा स्वराजसँग भएको थियो। 

राहुल गान्धी सन् २०१९ मा अमेठीबाट चुनाव हारे। त्यो बेला पनि केरल वायनाबाट लोकसभा पुगेका हुन्। कर्नाटक, तेलंगाना, आन्ध्रप्रदेश, केरल र तमिलनाडु गरी कूल पाँच राज्यका १२९ सिटमा हाल कांग्रेससँग २८ सिट छन्। कांग्रेसको दक्षिण भारतसँग खाश सम्बन्ध छ। तर, अब दक्षिण भारतबाट अध्यक्ष बनाउँदा कत्तिको फाइदा होला?

कांग्रेसले मल्लिकार्जुनलाई एक दलित नेताका रुपमा पेस गर्नेछ। तर बाटो सहज नभएको पत्रकार राधिका रामाशेषन बताउँछिन्। उनी भन्छिन्, ‘आन्ध्रमा जनगमोहन रेड्डीलको बोलावाला छ। तेलांगानामा केसीआरको बहुत मजबुत छ। विपक्षी पार्टीको जुन स्पेस छ। त्यो विजेपीले लिने कोशिश गरिरहेको छ। त्यसैले सहज देखिदैन।’ 

उनका अनुसार कांग्रेस र मल्लिकार्जुन दुवैको असली परीक्षा कर्नाटकमै हुन्छ। ‘राहुल गान्धीलाई केरलमा राम्रै रेस्पोन्स प्राप्त भएको थियो। कर्नाटकमा त्यस्तै स्वागत होला? कर्नाटकमा चुनाव आइरहेको छ। बीजेपी धेरै बलियो छ,’ उनले भनिन्।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन बिहीबार, भदौ १८, २०८३
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्