काठमाडौं– काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरुको विवरण प्रहरीले गोप्य राखेको छ। उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।
यही असोज ४ गते बेलुकी गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो।
घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।