• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुरक्षाकर्मीको राजनीति मोह : मेयरदेखि मन्त्रीसम्म, ओत कि प्रतिशोध?

64x64
नारायण अधिकारी शनिबार, असोज २२, २०७९  २०:००
1140x725

काठमाडौं– गत असोज ६ गते नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरे। च्यासलस्थित एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वआईजी खनाललाई पार्टी प्रवेश गराएका थिए।

पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीको मुक्तकण्ठले प्रशंसा गरे। आफू इन्सपेक्टर भएदेखि नै एमालेको विचारधारा पच्छ्याउँदै आएकोसम्म खनालले भन्न भ्याए।

खनाल एमाले प्रवेश गर्दैगर्दा उनैका एक समयका जुझारु प्रतिस्पर्धी तथा आईजीपी बन्न नसकेपछि डीआईजीबाटै राजीनामा दिएर हिँडेका रमेश खरेल आफ्नै पार्टीको कार्यक्रममा व्यस्त थिए।

प्रहरी सेवामा रहँदा एकअर्काका कट्टर प्रतिस्पर्धी खनाल र खरेल अहिले फेरि पुनः प्रतिस्पर्धीको भूमिकामा देखिएका छन्, राजनीतिक मैदानमा। राजनीतिक नेतृत्वमा युवा पंक्तिको खोजी हुँदै गर्दा प्रहरी सेवाको सर्वोच्च पदमा पुगिसकेका व्यक्ति आखिर किन बुढेसकालमा राजनीतिक मैदानमा देखिए?

यो प्रश्नको जवाफ खनाल स्वयंले जागिरे जीवनको उत्तरार्धतिर भएको एक अनौपचारिक छलफलका क्रममा दिएका थिए। उनको भनाइ थियो, ‘अहिले बर्दीमा ग्ल्यामर छ। भोलि बर्दी हटेपछि हामी दाह्रा नंग्रा फुक्लिएको बाघ जस्तै हो। यत्तिकै बस्न कहाँ सकिन्छ र, केही त गर्नैपर्छ।’

ठूलो ‘पावर एक्सरसाइज’ गरिसकेको व्यक्ति एकैपटक शून्यमा झर्दा हुनसक्ने रिक्ततालाई खनालले त्यतिबेलै बुझिसकेका थिए। त्यही ‘पावर एक्सरसाइज’ को भोकले खनाललाई राजनीतितिर डोर्‍याएको उल्लेखित प्रसंगबाट बुझ्न सकिन्छ।

उनका प्रतिस्पर्धी खरेल भने झोकले राजनीतिमा होमिए। एसएसपीसम्मको बढुवामा आफू पहिलो नम्बरमा रहेको, तर आईजी बढुवाका क्रममा सरकारले खनाललाई ‘रोजेको' झोकमा खरेलले राजीनामा दिएका थिए।

प्रहरीमा रहँदाका ‘सेलिब्रटी’ अफिसर राजीनामापछि गुमनाम हुने अवस्था उत्पन्न भएको थियो, जुन स्वाभाविक पनि थियो। तर यी दुवै पात्र गुमनाम हुन चाहेनन्। त्यसपछि दुवैले रोजे, राजनीति।

Ncell 2
Ncell 2
nimb
nimb

खरेलले नेपाल सुशासन पार्टी खोलेर आफू संयोजक भएका छन्। अहिले उनी काठमाडौं- १ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिने तरखरमा व्यस्त छन्। यता खनाललाई उम्मेदवारीको बारेमा नेपाल लाइभले प्रश्न गर्दा भने, ‘म आफैंले यहाँबाट उठ्छु भन्दा पनि पार्टीले निर्णय गर्ने कुरा भयो।’

३० वर्षे प्रहरी सेवाका कट्टर प्रतिस्पर्धी खनाल र खरेलमात्रै होइन, राजनीतिमा ‘प्रहरी’ को प्रवेश सूची लामै छ। आईजीपी नै बन्न नसकेपछि राजीनामा दिएर हिँडेका नवराज सिलवाल प्रतिनिधिसभा सदस्य (सांसद) नै बने। शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि राजीनामा दिएका सिलवाल एमाले प्रवेश गरेर सांसद भएका थिए। राजनीतिमा लागेको छाेटो अवधिमै सफलता हात पार्नेमा सिलवालको नाम अग्रपंक्तिमै आउँछ।

मेयरदेखि मन्त्रीसम्म
सिलवाल जस्ता भाग्यमानी पूर्वसुरक्षाकर्मी राजनीतिमा कमै छन्। छोटो समयमै सांसद बनेका सिलवालदेखि सहायक मन्त्री बनेकासम्म पूर्वसुरक्षाकर्मीहरु छन्।

पञ्चायतकालमा नेपाल प्रहरीका दुई आईजीपी खड्गजित बराल र डिबी लामा अवकाशपछि राजनीतिमा लागे। बराल अवकाशपछि राष्ट्रिय पञ्चायतको सदस्य बने। लामाले भने चुनाव नै लडेका थिए। २०५६ को निर्वाचनमा रसुवाबाट निर्वाचित भएका लामा २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायकमन्त्री समेत भएका थिए।

नेपाल प्रहरीका पूर्वआईजी रवीन्द्रप्रताप शाह पनि २०७० को संविधान सभा निर्वाचनबाट सभासद् बने। उनी तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

एसएसपीबाट अवकाश पाएपछि एमालेमा आबद्ध भएका लक्ष्मीनरसिंह वादे २०७४ को स्थानीय तहको निर्वाचनमा काभ्रेको बनेपा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

असफलताको ताँती
राजनीतिमा लागेर सफलता हात पारेका जति पनि पूर्वसुरक्षाकर्मीहरु छन्, त्यसभन्दा बढीले असफलता भोगेका छन्। त्यसको पछिल्लो उदाहरण हुन्, गोविन्द साह।

गएको स्थानीय तहको चुनावमा कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने भन्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट साहले राजीनामा दिए। धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भन्दै राजीनामा दिएका साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए। तर पराजित भए।

अदालतको आदेशमा आईजीपीबाटै हटेपछि धुब्रबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी २०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी- ४ बाट चुनाव लडेका उनले हार बेहोरे। २०६४ र २०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्। प्रत्यक्ष निर्वाचनमा पटक पटक हार बेहोरेका उनी गत चुनावको बेला राप्रपा प्रजातान्त्रिकको समानुपातिक सूचीमा बसे। तर ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

एआईजीबाट अवकाश भएलगत्तै गणेश राई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए। सुरुमै पार्टीको केन्द्रीय सदस्य भएका उनी पार्टीको सुरक्षा विभाग प्रमुख समेत बने। तर एक वर्ष नटिक्दै उनले नयाँ शक्ति परित्याग गरे।

२०७३ सालमा त पूर्वराष्ट्रसेवक कर्मचारीहरु मिलेर लोकतान्त्रिक पार्टी नै गठन गरेका थिए। नेपाल प्रहरीका पूर्व डीएसपी चुणादेवसिंह लामा पार्टीको अध्यक्ष बनेका थिए। तर उक्त पार्टी एक वर्ष पनि टिक्न सकेन। पार्टी गठन भएको ३ महिनामै एमालेमा समाहित गराए।

पूर्वएआईजी विनोद सिंह, पूर्वएआईजी रुपसागर मोक्तान, पूर्वएसएसपी केदार कोइराला, पूर्वएसएसपी वसन्त कुँवर, सशस्त्रका पूर्वएआईजी जीवन थापा, गुप्तचरका पूर्वडिआईजी नवराज थापा सबै त्यतिबेला एमालेमा समाहित भएका थिए। तर उनीहरु अहिलेसम्म गुमनाम छन्।

किन गर्छन् पार्टी प्रवेश?
भर्खरै एमालेमा प्रवेश गरेका खनालविरुद्ध अपहरणको जाहेरी सरकारी वकिल कार्यालयमा तामेलीमा छ। सांसद बनेका नवराज सिलवालविरुद्ध त सरकारी कागजात कीर्ते गरेको आरोपमा ‘डिफ्युजन नोटिस’ नै जारी भएको थियो।

तत्कालीन नयाँ शक्तिमा लागेका सशस्त्रका पूर्वएआईजी ऋषभदेव भट्टराई र पूर्वडीआईजी नारायण पाण्डेविरुद्ध त अख्तियारले भ्रष्टाचार मुद्दा नै चलाएको थियो।

यस्ता घटनाले व्यक्तिहरु पार्टीमा आबद्ध भएपछि सुरक्षित हुने ठानेर ओत लाग्न पार्टी प्रवेश गर्ने गरेको विश्लेषण एक पूर्व आईजीपीको छ। केही व्यक्तिका उदाहरण हेर्ने हो भने आफु सेवामा रहँदा भोग्नु परेको 'अन्याय विरुद्ध प्रतिरोध' काे रूपमा पार्टी प्रवेश गरेको जस्तो पनि देखिएको उनको भनाइ छ। यसको उदाहरण हुन्, रमेश खरेल। आईजीपी नबनाइएपछि उनी राजनीतिमा होमिए।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्