• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुरक्षाकर्मीको राजनीति मोह : मेयरदेखि मन्त्रीसम्म, ओत कि प्रतिशोध?

64x64
नारायण अधिकारी शनिबार, असोज २२, २०७९  २०:००
1140x725

काठमाडौं– गत असोज ६ गते नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरे। च्यासलस्थित एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वआईजी खनाललाई पार्टी प्रवेश गराएका थिए।

पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीको मुक्तकण्ठले प्रशंसा गरे। आफू इन्सपेक्टर भएदेखि नै एमालेको विचारधारा पच्छ्याउँदै आएकोसम्म खनालले भन्न भ्याए।

खनाल एमाले प्रवेश गर्दैगर्दा उनैका एक समयका जुझारु प्रतिस्पर्धी तथा आईजीपी बन्न नसकेपछि डीआईजीबाटै राजीनामा दिएर हिँडेका रमेश खरेल आफ्नै पार्टीको कार्यक्रममा व्यस्त थिए।

प्रहरी सेवामा रहँदा एकअर्काका कट्टर प्रतिस्पर्धी खनाल र खरेल अहिले फेरि पुनः प्रतिस्पर्धीको भूमिकामा देखिएका छन्, राजनीतिक मैदानमा। राजनीतिक नेतृत्वमा युवा पंक्तिको खोजी हुँदै गर्दा प्रहरी सेवाको सर्वोच्च पदमा पुगिसकेका व्यक्ति आखिर किन बुढेसकालमा राजनीतिक मैदानमा देखिए?

यो प्रश्नको जवाफ खनाल स्वयंले जागिरे जीवनको उत्तरार्धतिर भएको एक अनौपचारिक छलफलका क्रममा दिएका थिए। उनको भनाइ थियो, ‘अहिले बर्दीमा ग्ल्यामर छ। भोलि बर्दी हटेपछि हामी दाह्रा नंग्रा फुक्लिएको बाघ जस्तै हो। यत्तिकै बस्न कहाँ सकिन्छ र, केही त गर्नैपर्छ।’

ठूलो ‘पावर एक्सरसाइज’ गरिसकेको व्यक्ति एकैपटक शून्यमा झर्दा हुनसक्ने रिक्ततालाई खनालले त्यतिबेलै बुझिसकेका थिए। त्यही ‘पावर एक्सरसाइज’ को भोकले खनाललाई राजनीतितिर डोर्‍याएको उल्लेखित प्रसंगबाट बुझ्न सकिन्छ।

उनका प्रतिस्पर्धी खरेल भने झोकले राजनीतिमा होमिए। एसएसपीसम्मको बढुवामा आफू पहिलो नम्बरमा रहेको, तर आईजी बढुवाका क्रममा सरकारले खनाललाई ‘रोजेको' झोकमा खरेलले राजीनामा दिएका थिए।

प्रहरीमा रहँदाका ‘सेलिब्रटी’ अफिसर राजीनामापछि गुमनाम हुने अवस्था उत्पन्न भएको थियो, जुन स्वाभाविक पनि थियो। तर यी दुवै पात्र गुमनाम हुन चाहेनन्। त्यसपछि दुवैले रोजे, राजनीति।

Ncell 2
Ncell 2

खरेलले नेपाल सुशासन पार्टी खोलेर आफू संयोजक भएका छन्। अहिले उनी काठमाडौं- १ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिने तरखरमा व्यस्त छन्। यता खनाललाई उम्मेदवारीको बारेमा नेपाल लाइभले प्रश्न गर्दा भने, ‘म आफैंले यहाँबाट उठ्छु भन्दा पनि पार्टीले निर्णय गर्ने कुरा भयो।’

३० वर्षे प्रहरी सेवाका कट्टर प्रतिस्पर्धी खनाल र खरेलमात्रै होइन, राजनीतिमा ‘प्रहरी’ को प्रवेश सूची लामै छ। आईजीपी नै बन्न नसकेपछि राजीनामा दिएर हिँडेका नवराज सिलवाल प्रतिनिधिसभा सदस्य (सांसद) नै बने। शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि राजीनामा दिएका सिलवाल एमाले प्रवेश गरेर सांसद भएका थिए। राजनीतिमा लागेको छाेटो अवधिमै सफलता हात पार्नेमा सिलवालको नाम अग्रपंक्तिमै आउँछ।

मेयरदेखि मन्त्रीसम्म
सिलवाल जस्ता भाग्यमानी पूर्वसुरक्षाकर्मी राजनीतिमा कमै छन्। छोटो समयमै सांसद बनेका सिलवालदेखि सहायक मन्त्री बनेकासम्म पूर्वसुरक्षाकर्मीहरु छन्।

पञ्चायतकालमा नेपाल प्रहरीका दुई आईजीपी खड्गजित बराल र डिबी लामा अवकाशपछि राजनीतिमा लागे। बराल अवकाशपछि राष्ट्रिय पञ्चायतको सदस्य बने। लामाले भने चुनाव नै लडेका थिए। २०५६ को निर्वाचनमा रसुवाबाट निर्वाचित भएका लामा २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायकमन्त्री समेत भएका थिए।

नेपाल प्रहरीका पूर्वआईजी रवीन्द्रप्रताप शाह पनि २०७० को संविधान सभा निर्वाचनबाट सभासद् बने। उनी तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

एसएसपीबाट अवकाश पाएपछि एमालेमा आबद्ध भएका लक्ष्मीनरसिंह वादे २०७४ को स्थानीय तहको निर्वाचनमा काभ्रेको बनेपा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

असफलताको ताँती
राजनीतिमा लागेर सफलता हात पारेका जति पनि पूर्वसुरक्षाकर्मीहरु छन्, त्यसभन्दा बढीले असफलता भोगेका छन्। त्यसको पछिल्लो उदाहरण हुन्, गोविन्द साह।

गएको स्थानीय तहको चुनावमा कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारी दिने भन्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट साहले राजीनामा दिए। धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भन्दै राजीनामा दिएका साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए। तर पराजित भए।

अदालतको आदेशमा आईजीपीबाटै हटेपछि धुब्रबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी २०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी- ४ बाट चुनाव लडेका उनले हार बेहोरे। २०६४ र २०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्। प्रत्यक्ष निर्वाचनमा पटक पटक हार बेहोरेका उनी गत चुनावको बेला राप्रपा प्रजातान्त्रिकको समानुपातिक सूचीमा बसे। तर ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

एआईजीबाट अवकाश भएलगत्तै गणेश राई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए। सुरुमै पार्टीको केन्द्रीय सदस्य भएका उनी पार्टीको सुरक्षा विभाग प्रमुख समेत बने। तर एक वर्ष नटिक्दै उनले नयाँ शक्ति परित्याग गरे।

२०७३ सालमा त पूर्वराष्ट्रसेवक कर्मचारीहरु मिलेर लोकतान्त्रिक पार्टी नै गठन गरेका थिए। नेपाल प्रहरीका पूर्व डीएसपी चुणादेवसिंह लामा पार्टीको अध्यक्ष बनेका थिए। तर उक्त पार्टी एक वर्ष पनि टिक्न सकेन। पार्टी गठन भएको ३ महिनामै एमालेमा समाहित गराए।

पूर्वएआईजी विनोद सिंह, पूर्वएआईजी रुपसागर मोक्तान, पूर्वएसएसपी केदार कोइराला, पूर्वएसएसपी वसन्त कुँवर, सशस्त्रका पूर्वएआईजी जीवन थापा, गुप्तचरका पूर्वडिआईजी नवराज थापा सबै त्यतिबेला एमालेमा समाहित भएका थिए। तर उनीहरु अहिलेसम्म गुमनाम छन्।

किन गर्छन् पार्टी प्रवेश?
भर्खरै एमालेमा प्रवेश गरेका खनालविरुद्ध अपहरणको जाहेरी सरकारी वकिल कार्यालयमा तामेलीमा छ। सांसद बनेका नवराज सिलवालविरुद्ध त सरकारी कागजात कीर्ते गरेको आरोपमा ‘डिफ्युजन नोटिस’ नै जारी भएको थियो।

तत्कालीन नयाँ शक्तिमा लागेका सशस्त्रका पूर्वएआईजी ऋषभदेव भट्टराई र पूर्वडीआईजी नारायण पाण्डेविरुद्ध त अख्तियारले भ्रष्टाचार मुद्दा नै चलाएको थियो।

यस्ता घटनाले व्यक्तिहरु पार्टीमा आबद्ध भएपछि सुरक्षित हुने ठानेर ओत लाग्न पार्टी प्रवेश गर्ने गरेको विश्लेषण एक पूर्व आईजीपीको छ। केही व्यक्तिका उदाहरण हेर्ने हो भने आफु सेवामा रहँदा भोग्नु परेको 'अन्याय विरुद्ध प्रतिरोध' काे रूपमा पार्टी प्रवेश गरेको जस्तो पनि देखिएको उनको भनाइ छ। यसको उदाहरण हुन्, रमेश खरेल। आईजीपी नबनाइएपछि उनी राजनीतिमा होमिए।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्