काठमाडौं– काठमाडौं उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार तीन हजार ४०९ सवारी चालक कारबाहीमा परेमा हुन्।
यसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५९ जना छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने ४२ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १२५, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २४ र अन्य ३ हजार ९ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।