काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।
आगामी मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची संस्थापन पक्षले एकपक्षीय रुपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै शेखर पक्षले धर्ना दिएको हो।
समानुपातिकको बन्दसूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष केही दिनदेखि आन्दोलित छ। छुट्टै बैठक, भेला गरिरहेको शेखर पक्षले बुधबारदेखि धर्ना नै थालेको हो। शेखर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ।
धर्नामा गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेतका सहभागी भएका छन्। बिहीबार बत्तिसपुतलीमा शेखर पक्षमा रहेका पदाधिकारी /पूर्वपदाधिकारीबीच छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।