• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’

64x64
नेपाल लाइभ सोमबार, असोज १७, २०७९  २०:३९
1140x725
फाइल तस्बिर

काठमाडौं- आम मानिस चाडपर्बको रौनकमा रमाइरहँदा प्रहरी कर्मचारी भने सुरक्षा व्यवस्थापनलाई कसरी चुस्त बनाउन सकिन्छ भनेर योजना बनाएर लागू गर्नेमै व्यस्त छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रलाई सुरक्षित राख्न भन्दै चाडबाड लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्दै आएका छन्।

अपराधिक समूह तथा व्यक्तिले चाडपर्वलाई ‘अवसर’को रुपमा लिएर अपराध गर्ने हुँदा प्रहरी भने विशेष सुरक्षा व्यवस्थापनका लागि २४सै घण्टा ड्युटीमा खटिएका हुन्छन्। नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई दशैं कसरी मनाउने भन्दा पनि प्रहरी कर्मचारीहरु दशैं–तिहारमा कसरी भरपर्दो सुरक्षा प्रदान गर्ने भन्नेमा केन्द्रित हुँदै आएको बताउँछन्। 

आम नागरिकलाई चाडपर्व मनाउन भ्याइ–नभ्याइ हुँदा अपराध गर्नेले त्यसलाई अवसरको रुपमा लिने गरेकाले प्रहरी भने सुरक्षा प्रदानमै केन्द्रित हुने गरेको डीआईजी राईको भनाइ छ। करिब ३ करोड नागरिकको सुरक्षा जिम्मा ७५ हजारको प्रहरी फोर्सले गर्नुपर्ने भएकाले अघिपछि भन्दा चाडबाडका बेला प्रहरी झनै व्यस्त हुने गरेको उनले बताए। 

‘आम नागरिकले सुरक्षित तवरले दशैं मनाउन पाउनु नै हाम्रो लागि ठूलो दशैं हो,’ प्रवक्ता राई भन्छन्।

प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार सबै जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरिसकेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौं प्रहरीले पनि दशैं सुरक्षा योजना बनाएर लागू गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अवैध मदिराको बिक्री वितरण, झै–झगडा, जुवातास, मापसे, कालोबजारी, ठगी अतिशबाजी, पकेटमारी, चोरी, लुटपाट, आर्थिक कारोबार हुने ठाउँमा हुने अपराध, चन्दा, चिट्ठाजस्ता अपराधिक घटना चाडपर्वमा हुने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएर लागु गरिएको परिसरको भनाइ छ। एसपी मैनालीका अनुसार काठमाडौंमै कहिँकतै घटना भइहालेमा ७ मिनेट भित्रमा प्रहरी पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार दशैंका लागि भनेर मात्रै ३५ हजार भन्दा बढी प्रहरी खटाइएको छ। जसकारण अधिकांश प्रहरीको दशैं ब्यारेकमै बित्ने गरेको छ। देशभरका जिल्ला प्रहरी कार्यालय र सोभन्दा माथिल्ला प्रहरी कार्यालयले घटस्थापनाको दिन आ–आफ्नो कार्यालयमा रहेको दशैं घर (पूजाघर)मा जमरा राखिसकेका छन्। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणको मन्दिरमा जमरा राखिसकेको छ।

प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बली दिने चलन छ। दशैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन महानिरीक्षक (आईजीपी) को हातबाट टीका थाप्ने चलन छ। यो वाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्केलमा छैन मासु, कसरी हुन्छ जोहो?
दशैं नजिकिएसँगै प्रहरीलाई मासुको जोहो कसरी गर्ने भन्ने चिन्ता सुरु भएको छ। दशैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने, तर दशैंको मासुको लागि भनेर छुट्टै बजेट नआउने भएकाले प्रहरीलाई दशैंको लागि मासुको जोहो गर्ने चिन्ता भएको हो। नियमित रासन सेड्यूलअनुसार हप्ताको दुईपटक मासु आउँछ। तर दशैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दिनैपिच्छे मासु खुवाउने चलन प्रहरीमा छ। 

त्यसका लागि कतिपय प्रहरी कार्यालयले रकम उठाएर मासुको जोहो गर्ने गरेका छन्। दशैंका लागि मासु जोहो गर्दै कतिपय प्रहरी कार्यालयले १५–२० दिन अगाडिदेखि नै मेसमा मासु पकाउन छाड्ने गरेका छन्। 
एक प्रहरी कार्यालयका प्रमुख भन्छन्, ‘दशैंमा मासु खुवाउनुपर्ने हुन्छ। त्यसका लागि सल्लाह गरेर नै मासु सञ्चित गर्नका लागि मासुबिनाको खाना खाने गरेका छौं।’

कतिपय प्रहरी कार्यालयमा भने हाकिमले नै मासुको व्यवस्था गर्दै आएका छन्। कार्यालयमा आएको बजेटको केही अंशबाट पनि खसी किनेर मासु खुवाउने चलन रहेको एक प्रहरी अधिकारीले बताए। 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्