काठमाडौं– आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धनका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन्।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ।
प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको छ।
साउन अन्तिम सातादेखि सिट बाँडफाँटका विषयमा छलफल गर्न थालेको गठबन्धनले अझै सहमति जुटाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।