काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ। उसले निर्वाचन क्षेत्र अनुसार फरकफरक खर्च सीमा प्रस्ताव गरेको हो।
आयोगले प्रतिनिधि सभातर्फ पाँच वटा समूह बनाएर अधिकतम खर्च सीमा प्रस्ताव गरेको हो। जसमा २५ लाख, २९ लाख, ३१ लाख र ३३ लाख निर्धारण गरिएको छ।
त्यस्तै, प्रदेश सभातर्फ पनि पाँच समूह बनाएर १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ।
आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले २५ लाख र प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो।
यस पटकको खर्च सीमा निर्धारण गर्दा आयोगले विभिन्न तीन आधार तयार गरेको छ। निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरुको कूल संख्यालाई ५५ प्रतिशत, निर्वाचन क्षेत्रको क्षेत्रफल (वर्ग किमि)लाई २५ प्रतिशत र मतदान केन्द्र संख्यालाई २० प्रतिशत भार छुट्याएर अधिकतम सीमा कायम गरेको हो। १८ प्रतिशत मुद्रास्फिति पनि जोडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।