• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ससुरालीमा माधव नेपालको पहिलो दशैं: भोको पेट उठ्नुपर्‍यो!

64x64
नेपाल लाइभ मंगलबार, असोज १८, २०७९  १५:०७
1140x725

काठमाडौं– दशैं अनुभव सुन्न पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुग्दा उनले सधैंझैं फुर्तिलो हाउभाउका साथ स्वागत गरे।

शीरमा ढाका टोपी, पाइन्ट, सर्ट/कोट र कलेजी रङको टाईमा देखिएका उनी एउटा कार्यक्रममा जाने तयारीमा रहेछन्। 

व्यस्त तालिका रहेकाले कुनै भूमिका नबाँधी हामी दशैंमै प्रवेश गर्‍यौं।

विशेषगरी उनका व्यक्तिगत अनुभूति, दशैंका अविस्मरणीय क्षणहरु, भूमिगत रहँदाका स्मृति खोतल्नु थियो। जसले तत्कालीन समाज, समय र संस्कृतिको कडी जोड्न मद्दत गर्नेछ।

सुरुमै उनी उत्साहित हुँदै आफ्नो बाल्यकालीन दशैं सम्झनातिर डोहोरिए। र, स्मृतिपत्रहरु पल्टाउँदै गए।

जीवित हुँदासम्म उनले बाबुआमाको हातबाट दशैंको टीकाको क्रम कहिल्यै टुटाएनन्। दुई वर्ष बाहेक। त्यो दुई वर्ष यस्तो जटिल समय थियो, जतिबेला उनी जेलको अँध्यारो कोठामा थिए। 

२०३२ सालदेखि २०३९ सालसम्म भूमिगत जीवन बिताएका नेता नेपाल भूमिगत अवस्थामै पनि दशैंको टीका थाप्न सुटुक्क घरमा पुग्थे। नेपाल बैंकको जागिर छोडेर राजनीतिमा होमिएका उनी ३०३२ देखि २०३४ फागुनसम्म जेल परे। तिनै दुई वर्ष उनको निधार खाली भयो। बुबाआमाको आशीर्वाद लिन पाएनन्।

जेल परेको दुई वर्षबाहेक भूमिगत जीवनका हरेक दशैं उत्तिकै महत्वपूर्ण भए उनका लागि। टीका मात्रै लगाउन भए पनि रातिको समय उनी घर पुग्थे। टीका लगाउँथे र हिँडिहाल्थे।

Ncell 2
Ncell 2
nimb
nimb

दुई वर्ष बुबाआमाको हातबाट टीका लगाउन नपाए पनि जेलभित्रै दशैं मनाएको सुनाउँछन् उनी। 'कारागारमा समेत भव्य हुन्थ्यो दशैं। मासु पाक्थ्यो। मिठाई लगायतका परिकार तयार हुन्थे। नाचगान चल्थ्यो,' उनी सम्झन्छन्, 'साथीहरुका आफन्तले ल्याइदिएको खानेकुरा समेत बाँडीचुँडी खाइन्थ्यो।' 

त्यतिबेला नेपाली कांग्रेसका हरिहर विरही, महेन्द्रनारायण निधि, विमलेन्द्र निधि, रामचन्द्र तिवारी, महावीरप्रसाद सिंह, पाण्डवराज घिमिरे, विनोद घिमिरे लगायत थुनामै थिए। सुरुमा नेपाललाई कमन जेलमा राखिए पनि पछि राजनीतिक सेक्सनमा रखियो।

त्यसपछि, उनका लागि राजनीतिक क्षेत्रका व्यक्तिहरुसँगको परिवेश नै बेग्लै बन्न पुग्यो।  बुवाआमाको टीका र आशीर्वादबाट अलग्गिए पनि जेलभित्रको दशैंले उनको मन अमिलो हुन दिए। अविस्मरणीय नै बन्न पुग्यो।

Xtrem

Xtrem

पेसाले शिक्षक उनका बुबा रौतहटको गौरमै बस्थे। त्यतिबेला राजनीतिमा लागेको मानिस भनेपछि सबै डराउथेँ। परिवारका मानिसको पनि सातो जान्थ्यो। त्यसैले राजनीतिमा संलग्न व्यक्तिका नजिक जान नचाहने प्रवृत्ति थियो। ‘राजनीतिको नशा भनेको बडो बेग्लै नशा हुन्छ। राजनीतिको नशाले नछोएसम्म बेग्लै हो, छोएपछि त्यो नशामा लठ्ठ परिन्छ,’ नेपाल प्रफुल्ल मुद्रामा सुनाउँछन्, ‘राजनीतिमा भए पनि घरलाई भने कहिल्यै बिर्सिनँ। दशैं तिहारको समयमा बुबाआमा र परिवारको मायाले तानिहाल्थ्यो।’

उनले दिदी/बहिनीसँगको तिहार पनि प्रायः छुटाएनन्। सधैंजसो दशैं–तिहारमा घर पुगिहाल्ने भएकाले चाडपर्व सम्झेर दुखी हुनुपर्ने परिस्थिति भने कहिल्यै बनेन उनकाे।

भारतको सीमा नजिक गौरमा बस्थे नेपाल। त्यहाँ मधेसी समुदायका मानिसको बाहुल्य थियो। पहाडियाको संख्या निकै  कम। तर, दशैं आउँदा गाउँघरमा दशैंको रौनक नै बेग्लै हुने नेपाल सम्झन्छन्। 

गौरको दोस्तिया भन्ने ठाउँमा पहाडियाहरुको बाक्लो बस्ती भएकाले पहाडिया टोल नै थियो। त्यही टोलमा दुर्गाको मूर्ति स्थापना गरेर पूजाआजा गरिन्थ्यो। मिठा परिकार खाने र नयाँ लुगा लगाउन पाइने क्षणको प्रतीक्षा बाल्यकालमा बेग्लै हुने गरेको स्मरण ताजै छ, उनको मस्तिष्कमा। 

घरमा रहेको तुलसीको मठ र पूजाकोठामा दिनहुँ पूजा हुन्थ्यो। अहिले कोटेश्वरमा बसोबास गरिरहेका नेता नेपालको घरमा श्रीमती र माहिली बुहारीले बिहान सधैं पूजा गर्छन्।

दशैं भन्नेबित्तिकै मासु पनि जोडिएर आउने गरेको छ। तर उनी मासु खासै रुचाउँदैनन्। एसएलसीसम्म त कहिल्यै मासु खाएनन्। ब्राह्मण परिवार त्यसमाथि सबै साकाहारी भएकाले सुरुदेखि नै खानपान र जीवनचर्या बढी नै नियन्त्रित थियो। एसएलसीपछि थोरै खान सुरु गरे पनि उनको मनले त्यति रुचाएन। यद्यपि मासु विनाको दशैं पनि उस्तै रमाइलो हुने उनको अनुभव छ।

गौरमा रहँदा परिवारको सबैभन्दा ज्येष्ठ व्यक्तिबाट पहिलो टीका लगाउने गर्थ्यो नेपाल परिवार। त्यहाँ टीका लगाइसकेपछि मात्रै अन्य आफन्तहरुकहाँ गइन्थ्यो। निधारभरि रातो टीका र पहेँलो जमरा लगाएर चंगा उडाएको, पीङ खेल्न झगडा गरेको बाल्यकालीन सम्झनाले उनलाई अझै स्फुर्ति दिन्छ।

नेता नेपाल राजनीतिमा परिचित बनेपछि बुबाआमा समेत काठमाडौं आए। दाजुभाइहरु पनि छोराछोरी पढाउन काठमाडौं आए। मधेस आन्दोलनका कारण परिवार नै त्यहाँबाट विस्थापित हुनुपरेको तितो यथार्थ पनि  छ उनीसँग। त्यसपछिका दशैं उनी काठमाडौंमै मनाउँदै आएका छन्। 

बिहे भइसकेपछि भने दशैंमा थोरै फेरबदल भयो। घरमा टीका लगाएर झापा ससुरालीमा पनि पुग्न थाले। 'मेरो ससुराली सबैभन्दा पूर्व झापा, माइलो भाइको मध्य भैरहवा, कान्छोको सुदूरपश्चिमको महाकाली नजिक,' उनी भन्छन्, 'झन्डै सिंगो देश नै परिवारले ओगटेकाले अनुकूलता हेरेर दशैं मनाउन ससुराली जाने गरेका छौं।'

ससुरालीमा पहिलो दशैं
बिहेपछिको पहिलो दशैंमा ससुराली जाँदाको अनुभव निकै रमाइलो छ। उनी कलेज पढ्दा पहिले धेरै खाना खान्थे। साथीहरु विजय सिलवाल, सुनिलकुमार श्रीवास्तव मिलेर कलेज पढ्दाका दिनमा महिनाको ६० रुपैयाँ तिरेर बिहानबेलुका मारवाडी बासामा खाना खाने गर्दथे। 

‘पहिलो पटक ससुराली गएको, थोरै खाँदा रहेछन्। भात दिन्छन् यत्ति (पाँच औंलाका टुप्पालाई एकै ठाउँ बनाएर उँभोतिर फर्काउँदै) भात थप्न भन्छु यत्ति थप्छन्,' हाँसोको खित्का छाड्दै उनी भन्छन्, 'आधा के भन्नु, एक चौथाइ पेट भोको राखेर उठेँ।’ 

'त्यसपछि म्याडमलाई भन्नुभयो कि क्या हो?'

जिज्ञासा मेट्न नपाउँदै नेपालले सुनाए, ‘पहिलो पटक त्यस्तो भएपछि म्याडमलाई के गरेको, भातै खान नदिने हो भन्दै मजाक गरेको थिएँ।’

त्यो किसिमको अनुभव पहिले पनि उनले गरिसकेका थिए। भूमिगत समयताका साथी मुकुन्द न्यौपानेसँगै उनी बनारस थिए। भारतका प्रसिद्ध वामपन्थी कवि, साहित्यकार कञ्चनकुमारको घरमा बस्थे मुकुन्द। कवि कञ्चनकुमारको घरमा दुई छोरा र आमा बस्थे। 'त्यहाँ पनि यति थोरै भात दिए कि पेटको एक कुना पनि भरिएन,' उनी फेरि हाँसे, 'भात थप्न भनेपछि कञ्चनकुमारकी आमाले चम्चाले भात थपिन्। कसौंडी नै निकै सानो रहेछ। कसौंडीको पूरै भात खान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। तर, आउँछ चम्चामा।'

भूमिगत समयमा पार्टीभित्रको दशैं 
भूमिगत समयमा नेपाल संलग्न कम्युनिस्ट पार्टीमा दशैं मनाउने चलन थिएन। व्यक्तिले मनाउनु आफ्नो कुरा भयो। पार्टीभित्र दशैं, तिहार लगायत चाडपर्वको कुनै महत्व हुँदैनथ्यो। पार्टीमा धर्म नमान्ने कतिपयले त कर्म (धार्मिक कर्म) पनि नमान्ने थिए। पार्टीभित्र केही उग्र क्रान्तिकारी साथी थिए, उनीहरुले चाडपर्व मनाउने कुरै थिएन।

नेपालभित्र पनि उग्र–क्रान्तिकारीपनका केही पक्ष त थिए नै। विचारको क्षेत्रमा पछिसम्मै पनि रह्यो। तर कतिपय कुरामा उनी उग्रताको विरोधी थिए। जस्तो, अतिक्रान्तिकारी व्यक्तिहरुले बुर्जुवा शिक्षा पढ्नु हुँदैन। मोटरकारमा चढ्नु हुँदैन। फाइनान्स जस्तो ठाउँमा जागिर गर्नु हुँदैन भन्ने मान्यता राख्थे। नेपाल यसको ठिकविपरीत।

उनका बुबाले पनि नपढेर राजनीतिमा हाम नफाल्नु भनेका थिए। 'व्यक्तित्व र करिअर बनाउन, आफ्नो खुट्टामा उभिन, पढ्न आवश्यक छ। त्यसपछि जिन्दगी जसरी बिताउनुछ बिताऊ' भनेर सल्लाह दिइराख्थे।

नेपाललाई लाग्थ्यो, म सामाजिक प्राणी हुँ। समाज र परिवारलाई जोड्ने चाडपर्वसँग पनि जोडिनुपर्छ। यसै कारण पनि परिवार र समाजसँगको सम्बन्ध कायम राख्न सांस्कृतिक चाडपर्व मनाउन छाडेका छैनन्।

हिन्दूले प्राथमिकता पाउनु स्वाभाविक 
धर्म निरपेक्ष राष्ट्र घोषित देशमा दशैंलाई बढी महत्व दिइएको भन्दै अरु धर्म र सम्प्रदायबाट विरोधका स्वरहरु बेलाबेला उठ्ने गरेका छन्। यसमा नेता नेपालको फरक मत छ। 

'क्रिश्चियन बाहुल्य देशमा अन्य धर्म मान्ने मानिसहरु पनि छन्। तर, अन्य धर्मलाई त्यति प्राथमिकता दिइँदैन। बाइबलमै हात राखेर सपथ ग्रहण गर्नुपर्छ,' उनको बुझाइ छ, 'हामीकहाँ गीतामा हात राखेर सपथ खाने चलन छैन। त्यसैले हिन्दु धर्मावलम्बीको जनसंख्या ठूलो छ भने हिन्दुले प्राथमिकता पाउनु अस्वाभाविक होइन। तर, हामीले अरु धर्मलाई मास्ने, दबाउने, अपमान गर्ने भने होइन।'

हिन्दु धर्मकाले दशैंमा धेरै बिदा पाए, हामीले पाएनौं भन्ने तर्क उचित भएको उनको तर्क छ। तर, सबैको सम्मान हुने केही न केही उपायको अबलम्बन गर्न उनी सुझाउँछन्।

दशैंलाई छोट्याउनुपर्छ
दशैंका कैयौं रमाइला किस्साले उनको जीवनमा हिस्सा जमाएर बसेका छन्। तर, अहिले दशैं अलि लामो लाग्न थालेको छ उनलाई। यसलाई छोट्याउनुपर्ने उनको सुझाव छ। 

‘मानिसको दिनचर्या निकै व्यस्त बनिसकेको छ। काममा जुट्नुपर्ने पनि मानिसका बाध्यता छन्,’ उनको तर्क छ, ‘अब भने दुई दिन, नभए तीन दिनभित्र दशैंलाई सक्न पाए हुन्छ।’

मृत्यु संस्कारदेखि अन्य संस्कारको अवधि पनि छोट्याउनुपर्ने देख्छन् उनी। 

गौरमा मुसलमानहरुको झन्डा भन्ने पर्व हुन्छ। त्यसमा पनि नेता नेपाल सधैं रमाइलो गर्थे। दशैं–तिहारमा मुसलमानहरु पनि रमाउँथे। छठमा पहाडिया समुदाय पनि संलग्न हुन्छन्। एकले अर्को धर्म–संस्कारलाई सम्मान गर्न सक्यो भने समाज पनि सभ्य र सुसंस्कृत हुने नेपाल बताउँछन्।


२०७६ सालको दशैंको अवसर पारेर  नेपालसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री नेपाल लाइभ अर्काइभबाट लिइएको हो। परिवर्तित परिवेशानुसार अमिल्दा प्रसंगहरु हटाइएको तथा परिवर्तन गरिएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १५:०७
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता उपसभापति (खुला) तर्फ डा. भण्डारीले ३ हजार १०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९२० मत पा... आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आ... आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पुस्तान्तरणका लागी निश्चित विधि, प्रक्रिया र योग्य... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्