• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीले दिए १२ बुँदे निर्देशन
64x64
नेपाल लाइभ सोमबार, असोज १०, २०७९  १२:२६
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पाँच मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिएका हुन्।  

अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसँगको छलफलपछि प्रधानमन्त्रीले निर्देशन दिए।

यस्तै, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरि पुष्कर, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राय पनि बैठकमा सहभागी थिए। प्रधानमन्त्री देउवाले चाडपर्वलक्षित बजार अनुगमन र स्वच्छ बजारका लागि काम गर्न १२ बुँदे निर्देशन पनि दिएका छन्।  बजार अनुगमन, विज्ञ परिचालन, कालोबजारी एकाधिकार रोक्ने, चाडपर्वको यात्रा सुरक्षित बनाउने लगायत छन्।

यस्ता छन् प्रधानमन्त्रीको १२ बुँदे निर्देशनः 
१‍‍. बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रणलाई सघन बनाउने।

२‍. बजारका बहुपक्षीय विषयको अनुगमन गर्दा सम्बन्धित विषय विज्ञसहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने।

३. जिल्ला प्रशासन कार्यालयहरू र मातहतका इलाका प्रशासन कार्यालयहरूले स्थानीयस्तरमा खाद्यान्न, माछामासु लगायतका मालवस्तुको खरिद बिक्रीमा हुनसक्ने मिलेमतो, कार्टेलिङ, सिण्डिकेट रकालो बजारी जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न चाडपर्वको अवसरमा अनुगमनलाई सघन तुल्याउने।

४‍. यातायात व्यवस्था विभागले यात्रुहरूको सुरक्षित र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गर्ने। साथै सबै बसपार्क तथा प्रमुख नाकाहरूमा अनुगमन गरी सार्वजनिक यातायातका सवारी साधनले तोकिएभन्दा बढी भाडा नलिएको र क्षमता भन्दा बढी यात्रु नबोकेको सुनिश्चितता गर्ने। यस अतिरिक्त चाडपर्वको अवसरमा सञ्चालन हुने यातायात साधनको अवस्था सम्बन्धमा छड्के रूपमा प्राविधिक परीक्षण गरी सवारी साधनको अवस्था दुरुस्त रहे नरहेको जाँच पड्ताल गर्ने प्रबन्ध मिलाउने।

Ncell 2
Ncell 2

५. पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीयस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने।

६. कृषि विभाग तथा कृषि ज्ञानकेन्द्रले तरकारी तथा फलफूलको थोक तथा खुद्रा बिक्री केन्द्रको निरीक्षण गरी विषादीरहित तरकारी तथा फलफूल मात्र बिक्री वितरणको सुनिश्चितता मिलाउने। तरकारी तथा फलफूलमा जथाभावी विषादी मिसाउने उपर कडा कानुनी कारबाही गर्ने।

७. बजारमा बिक्रीका लागि राखिएका माल वस्तुको तोकिए बमोजिमको गुणस्तर छ छैन र प्रयोगमा रहेका नापतौल उपकरणहरू मान्यता प्राप्त छन्/ छैनन् अनुगमन गरी गुणस्तरीय आपूर्तिको सुनिश्चितता गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने।

८. राजमार्ग तथा प्रमुख शहरी केन्द्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायले बिक्रीका लागि राखेको तयारी खाद्य वस्तु खानयोग्य र स्वस्थकर छ छैन भन्ने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सघन अनुगमन गर्ने।

९. बजारमा डेंगु तथा कोभिड–१९ लगायतका रोगहरूसँग जुध्नको लागि अत्यावश्यक मानिएका आधारभूत औषधिहरूको पर्याप्त उत्पादन, सहज आपूर्ति र विक्री वितरणको सुनिश्चितता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रूपमा अनुगमन गर्ने।

१०‍. चाडपर्वको बेलामा बजारमा हुनसक्ने भीडभाडसँगै चोरी, लुटपाट जस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्न संवेदनशील क्षेत्रमा अतिरिक्त संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै आम नागरिकलाई समेत सजग र सचेत गराउन गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने। कहीं कतै अवाञ्छित गतिविधि हुन लागेमा नजिकको प्रहरी वा प्रहरीको टोलफ्री नम्बर १०० मा फोन गर्न आम जनतालाई अनुरोध गर्ने।

११. बजार अनुगमन र उपभोक्ताको हित संरक्षणका लागि सबै प्रदेश सरकार तथा स्थानीय तहलाई पूर्ण परिचालन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने।

१२. सरकारले चाडपर्वहरूलाई लक्षितगरी खोलेको सहुलियत पसलहरूबाट बढीभन्दा बढी सर्वसाधारणले लाभ लिनसक्ने गरी प्रबन्ध मिलाउने तथा यसको आवश्यक प्रचार प्रसार गर्ने कार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिलाउने।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
सम्बन्धित सामग्री
सेयर बजार ०.३३ अंकले घट्यो मंगलबार अन्तिम अवस्थामा ०.२२ अंकले गिरावट आएको सेयर बजार आज ०.३३ अंकले घटेको हो। योसँगै आज पनि नेप्से परिसूचक २६०० विन्दुमा कायम भएक... बुधबार, असार ११, २०८२
मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पे... बुधबार, असार ११, २०८२
गभर्नर पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण, यस्तो छ सम्पत्ति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा गभर्नर पौडेलको परिवारसँग झन्डै १८ करोड बराबरको सम्पत्ति रहेको देखिएको छ।यसमध्ये धेरैजसो... बुधबार, असार ११, २०८२
ताजा समाचारसबै
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश बुधबार, असार ११, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित) बुधबार, असार ११, २०८२
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए बुधबार, असार ११, २०८२
विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा बुधबार, असार ११, २०८२
लुम्बिनीमा रोहितसहित ६ खेलाडी रिटेन बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्