काठमाडौं– काठमाडौंबाट दुबई जान लागेका थाइल्यान्डका नागरिक अवैध रकमसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
फ्लाइ दुबईको उडानद्वारा दुबई जान लागेका ३८ वर्षीय पोङ्गफेज सिङ्सुवानलाई विमानस्थल प्रहरीले शनिबार पक्राउ गरेको हो।
उनले साथमा लिएको कालो–सेतो छिरविरे रंगको एलभी लेखिएको झोलामा लुकाइराखेको अवैध अमेरिकी र अष्ट्रेलियन डलर झोला जाँच क्षेत्रमा एक्सरे र स्क्रिनिङ गर्ने क्रममा फेला परेको हो।
उनको साथबाट प्रहरीले १५ हजार ७ सय अमेरिकी डलर र ५८ हजार ४ सय अस्ट्रेलियन डलर बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ। उनलाई आइतबार राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोकमा अनुसन्धानका लागि पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।