पोखरा– कास्कीमा पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन्।
कास्की प्रहरीले मादी गाउँपालिका १ का निर्वाचित वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरेको हो।
थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो।
चोरी गरिएको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ बराबर रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए।
६ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको तिवारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।