• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भाउ बढेर सामान छोइनसक्नु छ, दशैं कसरी मान्ने? 

64x64
कल्पना घिमिरे मंगलबार, असोज ११, २०७९  १८:३२
1140x725

काठमाडौं– आकाशमा अझै बादलै छ। असोजको पहिलो हप्ता कटिसक्दा पनि मौसमानुसार दशैंको ‘भाइब्स’ आउन सकेको छैन। तर बजारलाई भने दशैंले छोइसकेको छ। संघीय राजधानी काठमाडौंका असन, नयाँ सडक (न्यूरोड), इन्द्रचोक लगायतका बजार क्षेत्र दशैंको किनमेल गर्ने उपभोक्ताले भरिभराउ छन्। 

दशैंको किनमेलका लागि बजार पुग्नेको भिड देखिए पनि सामानको बिक्री भने अपेक्षित हुन नसकेको व्यवसायीहरुको गुनासो छ। त्यसको प्रमुख कारण हो– छोइनसक्नु भाउ। व्यापारीहरुलाई सामान नबिक्ला कि भन्ने चिन्ता छ। त्योभन्दा ठूलो चिन्ता उपभोक्ताको छ– भाउ बढेर सामान छोइनसक्नु छ। दशैं कसरी मान्ने? 

दशैंको ‘सपिङ’का लागि न्यूरोड पुगेका काठमाडौंको टेकु बस्ने रमेश थापा आफ्ना लागि सर्ट किन्न भन्दै एक कपडा पसलमा छिरे। केही कपडा हेरेर आफूलाई सुहाउने एक सर्ट रोजे पनि। तर भाउ सुन्दा भने उनले सहन सकेनन्। 

‘यस्तो महँगो! कसरी किन्नु? बरु पोहोरै किनेको सर्ट छ। यसपालि पनि त्यसैले काम चलाउनु पर्ला,’ रमेशले दिक्दारी पोखे। 

उनका अनुसार अघिल्लो वर्षको दशैंका बेला नै ७०० रुपैयाँमा किनेको जस्तै सर्टको यसपटक व्यापारीले १५०० रुपैयाँ भने। ‘दोब्बरभन्दा बढी भाउ बढेको छ। के साह्रो महंगो भएको? सबै सामानको भाउ बढेको छ। खै, यस्तै हो भने त हामी जस्ताले दशैं मनाउन नसक्ने भयौं,’ रमेशले सुनाए। 

रमेशकी श्रीमतीलाई भने व्यापारीले मनलाग्दी भाउ तोकेको लागेको रहेछ। ‘व्यापारीले आफूलाई जति मन लाग्यो त्यति नै भाउ राख्ने गरेका छन्। यहाँ न अनुगमन हुन्छ न त कारबाही नै। नेपाल हो, सक्नेले लुट्छन्,’ रमेशकी श्रीमतीले पनि आक्रोश पोखिन्। 

मनलाग्दी भाउ, छैन कुनै अनुगमन
दशैंका लागि कुर्ता–सरवाल किन्न असन छिरेकी मिरा मगर त व्यापारीले सुनाएको भाउ सुनेर छक्कै परिन्। एउटा ‘फिक्स प्राइज’ पसलमा छिरेकी उनले कुर्ता र सरवालको भाउ सोध्दा बिक्रेता युवतीले सुनाइन्– कुर्ताको ४९०, सरवालको ६५०। दुवै किन्दा ११४० रुपैयाँ। उनलाई लागेको थियो, ७००–८०० सम्ममा आउला। 

सपिङमा निस्किनु अगाडि आफ्नी दिदीसँग भाउ बुझेकी उनले बजारमा भने फरक स्थिति पाइन्। ‘दिदीले ४५० रुपैयाँमा आउने भनेको सरवालको यहाँ ६५० रुपैयाँ मूल्य छ। भाउ सुन्दै बेहोस भइएला जस्तो छ,’ मिराले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

असनको एउटा कपडा पसलमा भेटिएकी काठमाडौंको बुढानीलकण्ठकी अनुसा सुनारले भने व्यापारीले मनलाग्दी भाउ गरेका कारण ‘बार्गेनिङ’ नगरी उचित मूल्यमा सामान किन्न नसकिने अनुभव सुनाइन्। ‘५०० रुपैयाँको सामानलाई सुरुमा २ हजार रुपैयाँ भन्छन्,’ अनुसाले सुनाइन्, ‘यहाँ पनि भृकुटीमण्डपको जस्तै बार्गिनिङ (मोलमोलाइ) गर्न जान्नु पर्छ। बार्गिनिङ गर्न सकिएन भने त मूल्यभन्दा तेब्बर बढी भाउ भन्छन्।’

असनकै अर्को एक फेन्सी पसलमा एक हुल युवतीहरु कपडा किन्न छिरे। उनीहरुले पसलमा राखिएका टिसर्ट हेरे। साहुले मूल्य सुनाए– १६०० रुपैयाँ। 

‘कस्तो महँगो। हामीले अरु ठाउँमा ६०० रुपैयाँमा किनेको। यहाँ त तेब्बर बढी मूल्य छ। यस्तो पनि हुन्छ,’ एक युवती आक्रोशित भावमा प्रकट भइन्। 

‘क्वालिटी राम्रो हो। अरु पसलमा जस्तो होइन नि,’ पसलेले आफ्नो सामानको चर्चा गर्न थाले। ‘हामीले यस्तै, सेम क्वालिटीको टिसर्ट किनेका छौं,’ अर्की युवती बोलिन्। 

Xtrem

Xtrem

पसले भाउ केही सस्तो गर्न तयार भए। तर, युवतीहरुले भनेअनुसार कुरा मिलेन। 

‘कस्तो ठग पसले रैछ यार! मनलाग्दी भाउ गरेको छ,’ बाहिर निस्किएपछि उनीहरु आपसमा भन्न थाले। ‘जहाँतहीँ यस्तै छ यार! लुटेराहरु पसल थापेर बसेका छन्,’ उनीहरुको हुलमा अर्की एक युवतीको आवाज सुनियो। 

काठमाडौंको ठमेल बस्दै आएकी नितु राई किनमेलका लागि भने असन नै आउँछिन्। बिगत ७ वर्षदेखि आफूलाई चाहिने सामान असनमै किन्दै आएकी नितुलाई यस वर्ष भने यहाँको भाउ पनि महँगो लागेको छ। 

‘अन्तको भन्दा सस्तो र राम्रो पनि सामान पाइने भएकाले असनमै सपिङ गर्दै आएकी छु। तर यसपालि भने भाउ छोइनसक्नु छ। पत्याउनै नसकिने मूल्य भन्छन् व्यापारीहरु,’ नितुले सुनाइन्। 

उपभोक्ताले सामानको भाउ छोइनसक्नु भएको बताइरहँदा बजारमा सरकारी निकायको भने उपस्थिति छैन। न त कुनै अनुगमन गर्ने निकायले उपभोक्ताको मर्का बुझेको छ, न त अनुगमन नै भएको छ।    

व्यापारीको गुनासो– चाइनाबाटै भाउ बढेर आएको छ, हामी के गरौं? 
भोटाहिटीबाट असन छिर्ने बाटोमा विगत १० वर्षदेखि कपडा पसल चालाउँदै आएका विनोज मानन्धर यसपटक आफूहरु पनि महंगीको मारमा परेको बताउँछन्। 

उनी भन्छन्, ‘अहिले उता (चीन)बाट नै सामान महंगोमा आएको छ। हामीले के गर्ने, अलिकति फाइदा राखेर बेच्ने हो। त्यही महँगो भएको छ। हामी पनि महँगीको मारमा परेका छौं।’   

असनमै रेडिमेड कपडा पसल चलाउँदै आएका अर्का एक व्यापारीले पनि चाइनाबाटै सामान महँगिएर आएको सुनाए। ‘अहिले सामान हेरी–हेरी ३० देखि ६० प्रतिशतसम्म भाउ बढेर आएको छ। उताबाटै महँगो भएर आएपछि हामीले यहाँ सस्तोमा बेच्न सकिँदैन,’ ती व्यापारीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्